४५ प्रतिशत लाभांश बाड्ने नबिल बैंकको प्रस्ताव,३० प्रतिशत बोनश र १५ प्रतिशत नगद

नबिल बैंक (NABIL) ले आफ्ना शेयरधनीलाई ३० प्रतिशत बोनश शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंगलबार बसेको बैंक संचालक समितिको बैठकले सो प्रस्ताव गरेको हो । यो सँगै हालसम्म उच्च लाभांश घोषणा गर्नेमा नबिल बैंक अग्रपक्तिमा देखापरेको छ । बैंकले प्रस्ताव गरेको लाभांश राष्ट् बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाले अनुमोदन गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । बैंकले गत आर्थिक बर्षमा २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 

 ४ अर्ब ७५ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ५९ करोेड रुपैंयाँ रहेको छ । ३० प्रतिशत बोनश बाँडेपछि बैंकको चुक्तापूँजी ६ अर्ब १७ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक बर्षको मुनाफाबाट अर्को बर्ष ३० प्रतिशत बोनश बाँडेर बैंकले आठ अर्ब रुपैयाँ चुक्तापूँजी सजिलै पुर्याउने देखिन्छ ।बैंकले यसअवधिमा एक खर्ब १० अर्ब निक्षेप संकलन गरेर ७७ अर्ब ७३ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ । बैंकको प्रति शेयर आम्दानी ५९ रुपैंयाँ ३२ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २ सय ५९ रुपैयाँ रहेको छ । तरलता अनुपात २६ दशमलव ७६ प्रतिशत रहेको छ । बैंकको जोखिमयुक्त सम्पति १२ दशमलव ५५ प्रतिशत रहेको छ ।

0 comments

Write Down Your Responses