किन बढ्यो सेन्चुरी बैंकको शेयर मूल्य १० प्रतिशत ?
शेयर बजार परिसुचक नेप्से सोमबार पनि दाहोरो अंकले उकालो लाग्दा सेन्चुरी बैंक (CCBL) को शेयरमूल्य एकाएक १० प्रतिशतले बढेको छ । बजार उकालो लाग्ने क्रममा सेन्चुरी बैंकको शेयर खरिदमा चाप परेको हो । त्यसै गरी ५ विकास बैंक तथा ३ फाइनान्सको शेयर मूल्य धेरै बढेको छ । हकप्रद घोषणा तथा पारित गराएका कम्पनीहरुको शेयरमुल्य पनि प्रभावित भएको छ ।
अहिले ३३ प्रतिशत हकप्रद निष्काशन गरिरहेको सेन्चुरी बैंकले कति लाभांस देला भनेर लगानीकर्ता उत्सुक बन्दै गर्दा बैंकको थप पूँजी बृद्धिका साथै मर्ज तथा एक्विजिशनको चर्चाले पनि बजार तताएको छ । कम्पनीले अहिलेसम्म आधिकारिक कुराहरु बाहिर नल्याएकाले यसबारेमा चलाईएका हल्लाहरुको आधिकारिकता पुष्टि हुन सकेको छैन ।
त्यसै गरी ५ विकास बैंक तथा ३ फाइनान्सको शेयर मूल्य धेरै बढेको छ ।
हकप्रद घोषणा तथा पारित गराएका कम्पनीहरुकोनेप्से बढ्दै गर्दा लगानीकर्ताको उत्साह बढेसंगै सोमबार झण्डै २ अर्बको शेयर किनबेच भएको छ । विगत २ दिनमा मात्र कारोबार रकममा ६० करोडको बढोत्तरी भएको छ र कारोबार रकमलाई बाणिज्य बैंकहरुले नेतृत्व गर्नुलाई झनै सकारात्मक मान्नुपर्छ ।
मंगलबार शेयर बजारमा अधिकांस कम्पनीहरुको शेयरमूल्य माथि चढेका छन् । गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रतिफल घोषणा गर्ने क्रम चलिरहेका बेला लगानीकर्ता उत्साहित बने पछि बजार निरन्तर उकालो लागेको हो । साताको पहिलो दिनमा नै ३० करोडले कारोबार रकम बढेर झण्डै १५ अंकले उकालो लागेको बजार सोमबार पनि २८ करोडले कारोबार रकम बढ्दा सुचक पनि १९ दशमलव ०७ प्रतिशतले बढेको छ ।
सोमबार १ सय ४४ कम्पनीका २२ लाख ४६ हजार ३ सय १३ कित्ता शेयरहरु १० हजार ७ सय ७५ वटा कारोबारबाट १ अर्ब ९२ करोड १६ लाख ११ हजार रुपैंयामा किनबेच भएका छन् ।
आइतबार १ सय ४६ कम्पनीका शेयरहरु १ अर्ब ६४ करोड रुपैंयामा किनबेच भएका थिए । शेयरमुल्य पनि प्रभावित भएकोसोमबार बीमा र उत्पादन समुहमा गिरावट आएको छ भने अरु सबै समुह माथि चढेका छन् । यस क्रममा होटल र वाणिज्य बैंक समुह सबैभन्दा धेरै अंकले माथि चढेका छन् । धेरै शेयर कारोबार हुने कम्पनीको शिर्ष १० स्थानमा वाणिज्य बैंकहरु मात्र रहेका छन् ।
गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशत बोनस र २१ प्रतिशत नगद लाभांसका लागि शेयर किन्ने अन्तिम दिन भएका कारण इन्भेष्टमेण्ट बैंकको शेयर सोमबार अधिक कारोबार भएको छ । त्यसै गरी लगानीकर्तालाई ३२ प्रतिशत बोनस प्रस्ताव गरेको नेपाल बंगलादेश बैंकको शेयर कारोबार दोस्रो स्थानमा रहेको छ भने सिद्धार्थ, सनराईज, एभरेष्ट, एनएमबी, माछापुछ्रे लगायत बैंकहरुको सबैभन्दा धेरै शेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै शेयरमूल्य घट्ने कम्पनीको सूची यस्तो देखिन्छ । छ ।



0 comments
Write Down Your Responses