सानिमा बैंकले १५ प्रतिशत बोनस प्रस्ताव गर्दा हकप्रद भर्नेले पाउने कि नपाउने ?

सानिमा बैंकले लगानीकर्तालाई बोनस तथा नगद लाभांस वितरणको प्रस्ताव गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत बोनस तथा कर प्रायोजनका लागि शुन्य दशमलव ८९ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो । उता हाम्रो विकास बै.कले पनि लगानीकर्तालाई २५ प्रतिशत बोनसगत आर्थिक वर्षमा ५० प्रतिशत हकप्रद निष्काशन गरेको बैंकले लगानीकर्तालाई हकप्रद पछिको चुक्ता पूँजीको १५ प्रतिशत बोनस प्रस्ताव गरेको हो । 

मेरोलगानीसँग कुरा गर्दै सानिमा बै.कका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘लगानीकर्तामा अन्यौलता नहोस भन्न चाहन्छु, बैंकले हकप्रद शेयरलाई पनि बोनस दिने निर्णय गरेको छ । समायोजन गरेका कारण नै बैंकले १५ प्रतिशत बोनस प्रस्ताव गरेको हो ।’ प्रतिशेयर आम्दानी २६ रुपैंया ९ पैसा रहेको बैंकले हकप्रदलाई समायोजन गरी लगानीकर्तालाई बोस बितरणको प्रस्ताव गरेको हो । राष्ट्र बैंकबाट उक्त प्रस्ताव स्वीकृत भएर साधारण सभाले पारित गरे पछि लगानीकर्ताले पाउने छन् । सानिमाले अघिल्लो आर्थिक बर्षको चौथो त्रैमाससम्ममा जम्मा ६२ करोड ४१ लाख खुद नाफा कमाएकोमा गत आर्थिक बर्ष भरिमा एक अर्ब ४ करोड ९५ लाख रुपैयाँ कमाएर ६७ प्रतिशतले प्रगति गरेको छ ।

 बाणिज्य बैंकहरु मध्येमा सबैभन्दा थोरै निस्क्रिय कर्जा रहेको किर्तिमान कायम गरेको सानिमाले गत आर्थिक बर्षको अन्त्यसम्ममा त्यसमा अरु प्रगति गरी ०।०२ प्रतिशतमा झारेको छ । बैंकले ब्याज आम्दानी र संचालन नाफामा उल्लेखनीय बढोत्तरी गरेको छ भने निक्षेप संकलन भन्दा कर्जा बिस्तारको दरलाई बढाएर अर्को उदाहरण प्रस्तुत गरेको छ । गत बर्ष २० प्रतिशत बोनस शेयर दिएर लगानीकर्ताहरुको मन जितेको बैंकको प्रति शेयर नेटवर्थ १४६ र पूँजी कोष १२.६५ प्रतिशत रहेको छ । हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५९ करोड पुगेकोमा बोनस बितरण पश्चात बैंकको पूँजी ५ अर्ब २८ करोडको हाराहारीमा पुग्नेछ। दिने प्रस्ताव गरेको छ ।

0 comments

Write Down Your Responses