भारतको राजधानी नयाँ दिल्लीमा गोली प्रहार गरि एक नेपाली युवाको हत्या
१३ पुस– भारतमा एक नेपाली युवाको गोली प्रहार गरि हत्या गरिएको छ ।
समाचारमा अनुसार भारतको राजधानी नयाँ दिल्लीमाको मंगोलपुर कला गाउँमा नेपाली युवाको सोमबार गोली हानी हत्या गरिएको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार दिल्लीसिंहबहादुर नामका नेपाली युवाको कला गाउँको गल्ली नम्बर ९ मा अज्ञात समहूले गोली हानेर ज्यान लिएको हो ।
नेपालको ठेगाना खुल्न नसकेका ती युवाको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
दिल्ली प्रहरीका अनुशार गोली हान्नेहरुको खोजी भइरहेको छ ।


0 comments
Write Down Your Responses