मंसिर ७, २०७३- विश्व सम्पदामा सूचीकृत बौद्ध महाचैत्य (स्तूप) को जीर्णोद्धार तथा पुनःनिर्माणपछि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
उद्घाटनका क्रममा सर्वसाधारण, बौद्ध भिक्षुहरु, श्रीलङ्का, म्यान्मा, लाओस, भियतनाम, थाइल्यान्ड लगायत दातृ मुलुकका कूटनीतिक प्रतिनिधिको सहभागिता थियो ।
विनाशकारी भूकम्पले क्षतविक्षत भएको स्तूप पुनर्निर्माण बौद्धनाथ क्षेत्र विकास समितिको अग्रसरतामा भएको हो ।
बौद्धमार्गीहरुको आस्थाको केन्द्र अर्थात् विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध महाचैत्यको पुनर्निर्माणपछि निकै आकर्षक देखिएको छ । पुनर्निर्माण हुने सम्पदामध्ये उपत्यकाको यो नै पहिलो विश्व सम्पदा मानिएको छ ।
यो सम्पदा बनाउनका लागि विभिन्न व्यक्ति र संस्थाबाट रु २० करोड ९० लाख प्राप्त भए पनि झण्डै २३ करोड लगानीउद्घाटनअघि महाचैत्यमा शुक्रबारदेखि तीन दिन शुद्धिकरण, चैत्यको प्राणप्रतिष्ठा तथा बौद्ध परम्पराअनुसारका पाठ लगातयका काम गरिएको थियो ।
बौद्ध धर्मावलम्बीको ठूलो आस्थाका रुपमा रहेको चैत्यको विभिन्न भागमा जीर्णोद्वारका क्रममा कुल्चिएको तथा जानी नजानी गरिएका दोषपूर्ण कार्यबाट मुक्ति पाउन पूजा गरिएको हो । पाँचौं शताब्दीमा निर्माण भएको चैत्य अहिले विश्व सम्पदा सूचीमा सूचीकृत छ ।
१२ भदौ, अर्घाखाँची । अर्घाखाँचीको हंसपुर गाविसमा जीप दुर्घटनामा परि ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बादीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको फोरहृवील जीप हंशपुर गाविस ५ रतनमोर बजार नजिकै पोष्टापाटको भीरबाट ७०० मिटर तल खसेको थियो ।
जीप खसेको स्थानमा थोरै उकालो रहेकाले ब्याक भएर खसेको हुनसक्ने अनुमान प्रहरीको छ ।
यद्यपी दुर्ङटनाको कारण खुलेको छैन ।
दुर्घटनामा परि ९ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी चौकी हंशपुरका सइ श्याम श्रीषले जानकारी दिए ।
दुर्घटनामा ६ जना घाइते भएका छन् । जीपमा १५ जनाभन्दा बढी सवार रहेको सइ श्रीषले जानकारी दिए ।
६ जना घाइतेहरूलार्इ उद्दार गरी एम्बुलेन्समा सन्धिखर्क पठाइएको छ । प्रहरी र स्थानीयवासीले दुर्घटनाका घाइतेको उद्दार गरेका हुन् ।
१२ भदौ, काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, गोरबहादुर खपाङ्गीलाई पञ्चायतकालीन मन्त्री नवराज सुवेदीले रामेछापको गौरीशंकर स्कुलमा हेडमास्टर बनाएर लगेका थिए । कालान्तरमा सुवेदी राष्ट्रिय पञ्चायतको अध्यक्ष बने, खपांगीचाहिँ सुवेदीकै विपक्षमा कम्युनिस्ट राजनीति फैलाउनतिर थाले ।
रामेछापको तत्कालीन जिल्ला सदरमुकामस्थित गौरीशंकर उच्चमाविमा खपांगी हेड सर हुँदा आफ्ना विद्यार्थीलाई कम्युनिस्ट बन्नु भन्दै पढाउने गर्थे । रामेछापमा कम्युनिस्ट पार्टीको प्रचार गर्ने पहिलो पुस्ताका नेतामा पर्थे गोरेबहादुर, जो पछि कम्युनिस्ट विचार छाडेर जातीय राजनीतिमा लागे ।
रामेछापमा २०२६ सालतिर शिक्षक बनेका खपांगी १६ वर्षसम्म गौरीशंकरको हेडसर रहे ।
उनले पढाएका विद्यार्थीहरु अहिले देशका विभिन्न उच्च ओहोदामा पुगेका छन् । उनीहरुका साझा सम्झना के हुन् भने-गोरे सर रमाइला थिए । कम्युनिस्ट विचारका प्रचारक थिए ।
गोरेबहादुरले पढाएकै स्कूलमा हाल नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले पनि केही वर्ष पढाए । तर, गोरे जस्तो चर्चित हेडमास्टर चाहिँ कोही भएनन् । त्योबेला जिल्लामा सिडिओ भन्दा चर्चा गोरेबहादुरको हुनेगर्थ्यो भन्छन् त्यसबेलाका साक्षीहरु ।
गोरेबहादुरको रामेछाप साइनो र राजनीति अनि उनका जीवनका उतार-चढावबारे उनलाई रामेछाप पुर्याउने राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीका साथै उनका शिष्यहरुसँग हामीले सोधेका छौं ।महोत्तरीलाई कम्युनिस्टबाट जोगाउन रामेछाप ल्याएँ
नवराज सुवेदी, पूर्व राष्ट्रिय पन्चायत अध्यक्षगोरेबहादुर खपांगीलाई मैले सबैभन्दा पहिले सूर्ती विकास कम्पनीमा जनकपुरमा जागिर लाइदिएको थिएँ । म त्योबेला उद्योग वाणिज्य मन्त्री थिएँ ।
राष्ट्रिय पञ्चायतका सदस्य मेरा साथी पृथ्वीमानसिंह भण्डारीले भनेर उनलाई जागिर लाइदिएको हुँ । पृथ्वीमान हाल मधेसी मोर्चाका नेता शरतसिंह भण्डारीका पिता हुन् ।
पछि तिनै पृथ्वीमानले यो केटाले मेरो जिल्लालाई कम्युनिस्टमय बनाउने भयो, लौन तपाईकोतिर लगदिनुस् भने । मेरोमा गौरीशंकर स्कूलमा गतिलो पढेलेखेको मास्टर चाहिएकाले गोरेलाई हेडमास्टर बन भनेर ल्याएँ ।
यो त्यस्तै ०२६/२७ सालतिरको कुरा हो । उनले रामेछापमा पनि कम्युनिस्ट बनाउने धन्दा छाडेनन् । तर, मसँग कहिल्यै नराम्रो भएन । म पञ्चायतको नेता थिएँ, उनले मलाई मान्थे ।
बीचमा सरकारले धादिङ सरुवा गर्दा पनि मैले फेरि उनलाई रामेछाप लगेको हुँ । त्योबेला उनले धेेरैलाई कम्युनिस्ट बनाए । तर, उनी असल शिक्षक भएकाले मैले उनलाई कुख्यात डाकालाई जेलमै कम्युनिस्ट बनाए
देवशंकर पौडेल, पूर्वसांसद, एमाले केन्द्रीय सदस्य
गोरेबहादुर खपांगी भनेपछि ०३०/०३२ सालतिर उनको नाम नसुन्ने कोही थिएनन् । रामेछाप जिल्लाभरि चार/पाँचवटा मावि थिए ।
म साँघुटारमा १० कक्षाको फस्र्ट ब्वाइ थिएँ ।जोगाएँ ।एक दिन गोरे सर हाम्रो हेडसर केबी सरलाई भेट्न साँघुटार पुगे । केबीसर पनि कम्युनिस्ट हुनुहुन्थ्यो, उहाँहरु साथी । बहुदल आएपछि केबी सर ओखलढुंगाको सिंहदेवी गाविसमा एमालेबाट गाविस अध्यक्ष पनि बन्नुभयो ।
गोरे सरले म फर्स्ट ब्वाइ र अखिल भन्ने थाहा पाउनुभएछ । मलाई काँधमा धाप मार्दै कम्युनिस्ट भएछौ, राम्रो गर भने ।
पछि म गोरे सरलाई भेट्न गौरीशंकर स्कुलकै क्वाटरमा पनि पुगेको थिएँ । मान्छे हाँसो ठट्टा धेरै गर्ने तर सबैलाई कम्युनिस्ट बनाउँदै हिँड्ने स्वभाविक थियो ।
भुजीका लाले हर्के भनेपछि जिल्लाकै कुख्यात डाँका भनेर चिनिन्थे । तीमध्ये लाले अर्थात लालबहादुर खड्का भुजी गाउँ पञ्चायतको उपप्रधानपञ्च पनि बने । उनलाई उपप्रधान बनेपछि पहिलेकै अभियोगमा जेल हालियो । गोरेबहादुरले रामेछाप जेलमै हुँदा खुँखार डाका लालेलाई पनि कम्युनिस्ट बनाएछन् ।
मेरा बुबा नारायणबाबु रामेछापको अग्रज कम्युनिस्ट हुनुहुन्थ्यो । स्कूल र हाम्रो घर भँगेरी नजिकै भएकाले हाम्रो घरमा प्रायः खाना खान आउनुहुन्थ्यो । म त्योबेला सात वर्षको थिएँ ।
कम्युनिस्ट नेता पुष्पलाल र शहीद गंगालालको जन्मस्थान भएकाले पनि उहाँको विशेष मोह थियो हाम्रो परिवारसँग । उहाँलाई भेट्न ऋषि देवकोटा आजाद, राधाकृष्ण मैनाली, मोदनाथ प्रश्रतिहरु गएको मलाई याद छ ।
रामेछापमा प्रत्येक विहीवार हाट लाग्थ्यो ।
गोरे सरकै पालादेखि हाट लाग्ने दिन हाफ छुट्टीको व्यवस्था भएको हो । उहाँ विशेष गरी बाहुन, क्षेत्री र हामी नेवार विद्यार्थीलाई हाटमा लगेर मगर्नीले बँगुरको बोसोमा पकाएको सेल खाँदै बजारमा आफ्नो पछिपछि हिँड्न लगाउनुहुन्थ्यो ।
बाबियाखर्कका घिमिरे बाहुनलाई पछिपछि सुनपानी छर्केरमात्र विहीबार घरभित्र छिराउँथे भन्ने पनि सुनियो ।
प्रहरीले गोरे सरलाई बेलाबखत समातिराख्थ्यो । तर सरलाई धेरै पटक हामी विद्यार्थीले ढुंगामुढा प्रहार गरेर प्रहरी हिरासतबाट छुटाएका छौं ।
२०३६ को जनमत संग्रहका बेला राजबन्दीहरु छुट्दा लाले पनि छुटे, जसलाई पछि गाउँकै कोलडाँडा हाटमा स्थानीय रीसइबी र उनीहरुबाट पीडितले लाले-हर्के दुबैलाई मारे ।बाहुन र नेवार विद्यार्थीलाई बंगुरको बोसोवाला रोटी खुवाउथे
रमेशबाबु श्रेष्ठ,व्यवसायी, गोरेबहादुरका शिष्य
गोरेबहादुर सरलाई सूर्ती विकास कम्पनीमा काम गरिरहेका बेला मेरा बुबा नारायणबाबु श्रेष्ठले सर्लाहीतिर गएर रातारात लिएर आउनुभएको हो । सायद नवराज सुवेदीसँग कुरा भएर होला ।
रामेछाप जिल्लामा कम्युनिस्ट बनाउने नेतामा गोरेको नाम अग्रपंक्तिमा आउँछ, जसलाई पछ्याउँदै हामीले जिल्लामा कम्युनिस्ट पार्टी बिस्तार गरेर चुनाव जित्ने अवस्थामा पुग्यौं ।
३० साउन, चितवन । अङ्ग्रेजीमा नेपाली मिसिएको आवाज मञ्चमा गुञ्जन थालेपछि एकाएक सन्नाटा छायो ।
उनी आफ्ना दुःख र वेदना पोख्दै मन हल्का पार्दै थिइन् । कल्कलाउँदो शरीर र हँसिली उनका आँखाबाट बररर आँसु खस्न थाले । मञ्चका अतिथि र उपस्थित दर्शकको मन थामिएन । सबै भक्कानिए । आँखाबाट बगेका आँसु पुछ्न थाले ।
जुनीजुनीलाई माया गाँस्ने कसम खाएर चितवन रत्ननगरका जीवन थापासँग बिहे गरेकी थिइन् फिलिपिनो नागरिक जोयालिन ग्रेस टेलेरमो माइजारेसले । उनको छोटकरी नाम जोया हो । चार वर्षको अन्तरालमै फाटो आउँछ भन्ने उनको मनले कति पनि चिताएको थिएन । भैदियो उल्टो !
जोयाले श्रीमान्को यातनाबीच कष्ट गरी दुई छोरा जन्माइन् ।
श्रीमानबाट हेला भएपछि गाउँमा पछ्यौरामा चामल सापटी थापेर अनि दाउरा मागेर फाटेको कटेरोमा कष्टले रात गुजार्थिन् । अति हुन थालेपछि सहन सकिनन् । ‘पहिले धेरै माया गर्छु भन्यो, पछि जाँड, रक्सी, लागुपदार्थमा फस्यो, धेरै कष्ट सहेँ,’ शुक्रबारको बिदाइका क्रममा मन कुँड्याउँदै जोयाले भनिन् ।
पाँच महिनाअघि नाबालक दुई छोरा काखी च्यापेर उनी भौँतारिँदै बालकुमारी कलेज अगाडिको सडकमा आइपुगिन् । नारायणगढको एक कन्सल्टेन्सीमा श्रीमानले काम गरेको छ भन्ने थाहा पाएर पैसा दिन्छ कि भन्ने आशमा आएकी थिइन् उनी । गाउँलेले उनको पीडा थाहा पाएर आदर्श गृहमा खबर गरेका थिए । त्यसपछि उनमा आशा पलायो ।
साढे ३ वर्षअघि चितवनका जीवनलाई उनले दुबईमा कामको सिलसिलामा भेटेकी थिइन् । सात छोराछोरीका एक्ला कमाई गर्ने अभिभावक जोयाका बुबा रेन्याई थिए ।
मेकानिकल टेक्निसियन बुबाको कमाईले परिवार धान्न मुस्किल भएपछि जोया पैसा कमाएर परिवारको गर्जो टार्ने धोको बोकेर दुबई पुगिन् । केएफसी अमेरिकन भन्ने रेस्टुराँमा काम पाइन् । काम गर्दा नेपाली केटा जीवनसँग भेट भयो । अनि माया गाँसियो । त्यसको केही महिनामै गल्ती गरेकाले जीवनलाई प्रशासनले समात्यो । ‘आफ्नै दुई–तीन महिना जम्मा गरेको पैसाले उनलाई निकालेर नेपाल आउने सबै खर्च हालेकी हुँ,’ जोयाले भनिन् ।
तीन वर्षअघि नेपालमा एकमहिने पर्यटक भिसामा सँगसँगै आइन् । एकमहिने भिसा सकिएपछि जीवनले च्यातेर फ्याँकिदिए । बाँकी रहेको पहिलो र अन्तिम पाना राखिन् उनले । कुनै कानुनी प्रक्रिया बिना नै श्रीमान् श्रीमती भएर बसे ।
बीचमा रत्ननगरको बकुलहर, पर्साैनी, सौराहाचोकलगायत क्षेत्रमा रेस्टुराँ नै खोलेर बसे । श्रीमान्का कारण सम्बन्धमा दरार आएपछि उनलाई फर्कन कानुनी व्यवधान खडा भयो ।
भिसा नभएपछि फर्कंदा प्रहरीले समात्ने डर । श्रीमानको धाकधम्की, कुटपिट, यातनासमेत सहिन् । श्रीमान् जीवन बिस्तारै कुलतमा लागेका केही युवाको सङ्गतमा वीरगन्ज पुगे । दुर्व्यसनमा फसेपछि उनको जीवन थप पीडामा बित्न थाल्यो । भौंतारिँदै हिँड्दा आदर्श गृह चितवनको सम्पर्कमा आइन् । गृहकै पहलमा स्थानीय प्रशासनको समन्वयमा उनलाई घर फर्काउन सफल भएको हो । छोरा अस्पतालमा जन्मेको आधारमा स्थानीय प्रशासनले कागजसम्म मिलाइदिएर उनी छोरा बोकेर घर फर्कन लागेकी हुन् ।
यता, प्रमाण जुटाउन आदर्श गृहलाई अहिलेसम्मकै ठूलो समस्या परेको सञ्चालिका मीना खरेल बताउँछिन् । तर बिहे दर्ता नभएको र प्रमाण जुटाउन नसकिएकाले श्रीमान्माथि मुद्दा चलेको छैन । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह त्यस्ता मान्छेलाइ कानुनी दायरामा ल्याउने प्रयास अघि बढाउनुपर्ने बताउँछन् ।
आदर्श गृहकी सञ्चालिका खरेलले वैधानिक हैसियत बनाएर फिलिपिन्स फर्काउन सफल भएकामा खुसी व्यक्त गरिन् । ‘नेपालकै नमुना घटना हो,’ खरेलले भनिन् ‘यसबाट नेपाल र नेपालीले जस पाएको छ ।’
उनीसँग अहिले तीन वर्षका छोरा मिगेल र ११ महिनाका छोरा एरिक छन् । फिलिपिन्समा पैसा कमाएर नेपाल घुम्न आउने वाचा गरेकी उनले भनिन्, ‘आफू जस्तै पीडामा परेकालाई सहयोग गर्छु ।’ उनको यही साउन ३१ गते काठमाडौँबाट उडान छ ।
नेपाल सरकारलाई तिर्नुपर्ने सात लाख रूपैयाँ फिलिपिनो सरकारले तिरेपछि उनी आफ्नो देश जान पाएकी हुन् । उनलाई उद्धार गरेर आफ्नै देश फिर्ता पठाइएकामा गाउँले समेत खुसी छन् । गाउँलेले जोयाबाट लिनुपर्ने सापटीसमेत लिन मानेनन् । उता फिलिपिन्समा रहेका उनका परिवार छोरी जिउँदो रहेकामा खुसी मनाइरहेका छन् । ‘
दुई वर्ष भो परिवारसँग टुटेको, नेपाली राम्ररी बोल्न सिकेकी जोयाले भनिन्, ‘भिडियो कल गर्दा आमा कराजनले साह्रै खुसी हुनुभयो ।’ अब फिलिपिन्स गएर पैसा कमाउने, अनि बच्चालाई पढाएर राम्रो बनाउने उनले सपना छ । पैसा कमाएपछि नेपाल घुम्न आउने वाचा समेत उनले गरिन् ।
नेपाली श्रीमानले पीडा दिए पनि नेपाल र नेपालीको मन साह्रै ठूलो रहेको भन्दै उनले आफ्नो उद्धार भएकामा खुसी व्यक्त गरिन् । आदर्श गृहले गरेको पहललाई कहिल्यै नभुल्ने बताइन् । प्रहरी प्रमुख बसन्त कुँवर, महिला तथा बालबालिका कार्यालयकै प्रमुख शान्ता पौडेल, महिला नेत्री पार्वती रावल र सरिता केसी, जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपाने लगायतले विदेशी चेलीलाई घर फर्काउन सफल भएकामा खुसी व्यक्त गर्दै आदर्श गृहको प्रशंसा गरेका थिए ।
२७ साउन, रौतहट । रौतहटमा १३ वर्षीया एक किशोरीलाई रातभरि बन्धक बनाएर एक युवकले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । रौतहटको पचरुखी गाविसमा खेतमा घाँस काट्न गएकी किशोरीलाई गाउँकै १८ वर्षीय एक युवकले हात खुट्टा बाँधेर रातभर बलात्कार गरेका हुन् ।
मंगलबार घाँस काट्न गाउँभन्दा पश्चिम राजपुरतुल्सीतिर गएका बेला छतौना टोलका राजेश महराले कोही नभएको मौका छोपेर जबरजस्ती बलात्कार गरेको पीडितले बताइन् ।
घाँस काट्न गएकी छोरी मंगलबार राति अबेरसम्म पनि घर नफर्किएपछि परिवारजन र आफन्तले खोजतलास शुरु गरेका थिए । बुधवार दिउँसो २ बजे साँझ खोला नजिकको धान खेतमा हात-खुट्टा बाँधिएको र अचेत अवस्थामा किशोरी फेला परेकी थिइन् । उनलाई परिवारका सदस्यहरुले घरमा ल्याएपछि उनको होस खुलेको थियो ।
राजेश महराले हात-खुट्टा बाँधेर रातभर बलात्कार गरेको र बिहान उज्यालो भएपछि बाँधेकै अवस्थामा छाडेर फरार भएको किशोरीले आफ्नी आमालाई बताएकी छन् ।
‘छोरीले बेलिबिस्तार लगाएपछि घटनाबारे थाहा भयो,’ उनकी आमाले भनिन् ।
पीडितको ठाडो उजुरीका आधारमा प्रहरीले युवकको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले बताए । बलात्कृत बालिकाको जिल्ला अस्पतालमा गौरमा स्वास्थ्य परिक्षण गराउने र घटनाको गहन अनुसन्धान गरिने डिएसपी भण्डारीले बताए ।
२४ साउन, नुवाकोट । गोरखाबाट पाँच दिनको सुत्केरीलाई लिएर उडेको फिस्टेल एयरको हेलिकोप्टर सोमबार नुवाकोटमा दुर्घटना भयो । र, त्यसमा सवार पाँच दिने शिशुसहित सात जनाको मृत्यु भएको छ ।
२२ वर्षीया प्रिति तामाङ, उनको पाँच दिनको शिशु, सासु र ससुराका साथै आफन्त लक्ष्मी र हेल्थपोस्टमा काम गर्ने निशा तामाङको मृत्यु भएको छ । पाइलट रन्जन लिम्बुको पनि निधन भएको छ ।अस्वभाभिक ढंगले आएको हेलिकोप्टर हेर्दा हेर्दै भीरमा ठोक्किएको स्थानीयबासीहरुले बताएका छन् ।
दुर्घटनास्थलको तस्वीर निकै भयावह थियो । हेलिकोप्टर धुजाधुजा भएको थियो भने धेरै भाग जलेको थियो । घटनास्थलमा मृतकको शव जलेको छ र पहिचान गर्न नसकिने अवस्थामा छ ।
शवका टुक्राहरु संकलन गरी परीक्षणका लागि काठमाडौं ल्याइएको छ ।
नेपाल स्टक एक्सचेन्जमा साताको पहिलो दिन १५ अंकले गिरावट आयो भने दोस्रो दिनको कारोबारको मध्य समयसम्म ३१ अंकले गिरावट आयो । शेयर बजारमा घटबढ भईरहन्छ, सामान्य कुरा हो । तपाइँले राम्रा कम्पनीको शेयर किन्नुभएको छ र सुरक्षित लगानी गर्नुभएको छ भने आत्तिनुपर्दैन । तर लाभांश नदिने र मूल्य धेरै उचालिएका कम्पनीको शेयर किन्नु भएको छ भने त्यस्ता कम्पनीको शेयर बेचेर सुरक्षित लगानी गर्ने बेला नै यही हो ।
कम्पनीहरुले प्रकाशन गरेका गत बर्षको बित्तीय बिबरणको आधारमा खराब कम्पनीहरुको शेयर बेच्दै मूल्य कम तर लाभांशको मात्रा बढी भएका कम्पनीहरुको शेयर उठाउनु भयो भने दीर्घकालीन लगानीको हिसाबले राम्रो हुने छ । शेयर बजार तल गएको बेला शेयर किन्ने हो तर सुरक्षित कम्पनीको शेयर मात्रै ।सोेमबारको बजार हेरेर मात्रै तपाइँ आत्तिनुभयो भने घाटा खानुहोला । यस्ता उतार चढावहरु शेयर बजारका नियमित प्रक्रिया नै हुन । कुन कम्पनीको मूल्य बढेको छ भनेर तपाइँ शेयर किन्न लाग्ने हैन, कुन राम्रो कम्पनीको शेयर धेरै घटेको छ र कम्पनीको आधारभुत अबस्था कस्तो छ भन्ने कुरा हेरेर लगानी गर्नुहोस् । यस्तो बेलामा साना र नयाँ लगानीकर्ताहरुले आत्तिनु हुँदैन । अनुभवी लगानीकर्ताहरु त यस्तै बेलामा राम्रा, बढी लाभांश दिने, कम जोखिम भएका कम्पनीहरु छानी छानी शेयर उठाईरहेका हुन्छन् ।
श्रावण २०, २०७३- आठ वर्षअघि गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग युद्ध र शान्तिका आधा–आधा सपना थिए। दोस्रोपल्ट प्रधानमन्त्री हुँदा उनी कुन बाटो हिँडौं भन्ने अलमलमा छैनन्।
बाह्रबुँदे सहमति हुँदै शान्ति सम्झौता भइसक्दासम्म पनि संसदीय प्रतिस्पर्धालाई रणनीतिक उपयोग गर्दै जनवादी क्रान्तितिर जाने कि यसैमा अभ्यस्त हुने, दाहाललाई छनोट गर्न समय लाग्यो। बुधबार संसद्मा बोल्दा उनले त्यही शब्द त प्रयोग गरेनन्, तर कार्यदिशामा द्विविधाका कारण आफ्ना निर्णयबाट देशले मूल्य चुकाउनुपरेको पहिलोपल्ट खुला–खुला स्विकारे।
‘कतिपयले मलाई अस्थिर पनि भन्छन्, तर म गतिशील हुँ जस्तो लाग्छ। मैले विगतमा राम्रा मात्रै होइन, थुप्रै गल्तीसमेत गर्न पुगें, त्यसको मूल्य देशले समेत चुकाउन पुग्यो,’ दाहालले भने।
भाषणको ‘टोन’ सुन्दा उनी पछिल्लो दशकका घुम्तीबाट सिक्न खोजिरहेका छन् भन्ने बुझ्न सकिन्थ्यो।
ती घुम्तीहरू– जसले पहिलोपटक प्रधानमन्त्री हुँदाका ‘प्रचण्ड’ लाई बदले। अनि ‘सुधारिएको संसद्’ को खेलभित्र अभ्यस्त बन्न उत्प्रेरित गरे। युद्ध बिसाएर चुनावमार्फत पहिलो ठूलो दल बनिसक्दा पनि पार्टीभित्रै सहकर्मी बाबुराम भट्टराई, मोहन वैद्यका अलग–अलग स्कुल तयार हुँदै थिए। भट्टराईले लोकतान्त्रिक गणतन्त्रको लाइन निरन्तर अघि बढाउनुपर्ने मत राख्दै आए। वैद्यचाहिँ पुरानै संसदादमा फस्ने भन्दै जनवादी क्रान्तिकै कार्यदिशा छाड्न नहुनेमा थिए। भन्न त दाहाल, दुई स्कुललाई फ्युजन गर्ने भनिरहन्थे, तर यथार्थमा कुन बाटो समाउने द्विविधामै थिए। सांगठनिक सन्तुलन मिलाउन दुवै पक्षको रणनीतिक उपयोगमै केही वर्ष गुजारे। त्यसको सिकार पहिले त उनै भए– सेनापति काण्डपछि प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्यो। चार वर्षपछि बिनासंविधान पहिलो संविधानसभाको विघटन हुन पुग्यो। चामत्कारिक नेतृत्व भनी प्रचार गरिएका दाहाल पहिलो परीक्षामा फेल भएको विश्लेषण भित्र/बाहिर दुवैतिर हुन पुग्यो।
पहिलो सभा अवसान भएलगत्तै दाहालले सहकर्मी वैद्य, रामबहादुर थापा, नेत्रविक्रम चन्दलगायत ठूलो पंक्ति गुमाए। उनीहरू नयाँ पार्टी खोल्न लागे। दोस्रो संविधानसभा चुनावले माओवादी आयतन स्वात्तै घटायो। दाहाल राजनीतिका केन्द्रीय खेलाडी त रहिरहे। शक्ति सन्तुलनको तराजुमा भने कांग्रेस, एमालेको पल्ला भारी भइसकेको थियो। उनीसँग कुनै समय सहकार्य गरेका संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवको भनाइमा पहिलो प्रधानमन्त्रीकाल ‘पुरानो ढलिसकेको, तर नयाँ नबनिसकेको प्रचण्ड’ को परिणाम थियो।
संसद्मा बुधबार बोल्दा दाहालले माथिका पंंक्ति त उच्चारण गरेनन्, तर आफूले विगतमा सकारात्मक काममात्रै होइन, थुप्रै गल्ती गरेको, त्यसको मूल्य देशले समेत चुकाउनु परेको बोल्दा उनी पछिल्लो दशकका गल्ती प्रतिविम्बित गरिरहेका छन् भन्ने बुझ्न सकिन्थ्यो।
भुइँचालोलगत्तै उनले ३० दलीय विपक्षी गठबन्धनको कित्ता बदले। गत वर्ष जेठको सोह्रबुँदे सहमतिलगत्तै दोस्रो सभाबाट संविधान बन्यो। संविधान बनेलगत्तै सहयात्री भट्टराई नयाँ शक्ति खोल्न लागे। यी सबै घटनावलीले हिजोका ‘प्रचण्ड’ लाई पुनर्परिभाषित गर्यो।
त्यसको छनक दिँदै दाहालले संसद्मा भने, ‘जनयुद्ध नेतृत्व गर्ने मौका पाएँ। निष्कर्षमा पुर्याउन १० वर्ष लाग्यो। शान्ति प्रक्रियामा आएसँगै ‘नयाँ नेपाल’ को सपना देखाइयो, तर त्यसले गोरेटो पाउन अर्को १० वर्ष लाग्यो।
देशमा देखिएका समस्याहरू समाधान गर्न इतिहासले अघि सारेको स्वाभाविक पात्र बन्न आइपुगेको छु।’ दाहालका स्विकारोक्तिले उनमा पर्याप्त बदलाव आएको छ भन्ने बुझ्न सकिन्थ्यो। शेरबहादुर देउवा प्रधानमन्त्री छँदा उनैलाई ४० बुँदे मागपत्र बुझाएर बन्दुक उठाएका दाहाललाई मतपेटिकाबाट प्रधानमन्त्री बनाउन उनै देउवा अघि सरे। बुधबार संसद्मा बोल्दा उनले शान्तिपूर्ण प्रतिस्पर्धाको महत्त्वबारे अलिकति प्रकाश पनि पारे।
देउवाकै पुटमा दोस्रो परीक्षामा बसेका दाहाल अझै पनि परीक्षणमै रहेको बताउँछन्, फोरम अध्यक्ष यादव। ‘प्रचण्डजी आफूले स्थापित गरेको राजनीति त छाडिसक्नुभयो, अब देशभित्रको विभेद हटाउनका लागि प्रयत्न गर्नुभयो भने उहाँका लागि आफ्नो औचित्य पुष्टि गर्ने अवसर एक पटकलाई आएको छ,’ यादवले कान्तिपुरसँग भने।
यादवले भनेझैं पहिलोपटक प्रधानमन्त्री बन्दाझैं दाहालसँग यसपल्ट ठूला सपना र योजना छैनन्। उनले चार एजेन्डा पूरा गर्न सके आफूलाई सफल सम्झने छन्, जो उनी आफैंले उम्मेदवारी घोषणायता दोहोर्याउँदै आएका छन्।
http://bit.ly/2aJXeeD
गत फागुन १२ गते पोखराबाट जोमसोम जाँदै गर्दा म्याग्दीको सोलिखोप्टेभीरमा तारा एयरको जहाज दुर्घटना हुनुको कारण पाइलटको गल्ती औंल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा बनेको तारा एयर दुर्घटना जाँच आयोगले आइतबार पर्यटनमन्त्रीलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटिका कारण दुर्घटना भएको ठहर गरिएको छ ।
पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेललाई दलीको अध्यक्षतामा बनेको पाँच सदस्यीय टोलीले यो प्रतिवदेन बुझाएको हो । यो प्रतिवेदन तयार पार्न तीन महिनाको समय सीमा दिइएको भए पनि आयोगले पाँच महिना खर्चिएर तयार पारेको हो । प्रतिदेनले चालकदलले बादलभित्र उडान गराएको र आफ्नो हवाई रुट भुलेका कारण दुर्घटना हुन पुगेको तथ्य औंल्याएको अध्यक्ष दलीले जानकारी दिए ।
चालक दलले बादलभित्र पसिसकेको जहाज जमिन नजिक पुग्दा चेतावनी दिने प्रविधि ग्राउन्ड पोक्र्सिमिटी वार्निङ सिस्टम (जीपीडब्ल्यूएस) को चेतावनीलाई बेवास्ता गरेका कारण जहाजको तल्लो भाग पहाडमा धसिएर दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ । 'चालक दलले जमिन नजिक पुग्दा पुलअप पुलअपको वार्निङलाई पूर्ण रूपले बेवास्ता गरको फेला परेको छ', दलीले भने ।
उनका अनुसार यही गल्तीका कारण एकपछि अर्को गल्ती दोहोरिँदै गएर जहाज दुर्घटनामा परेको तथ्य ककपिट भ्वाइस रेकर्डले देखाएको छ ।
पहाडअगाडि आउँदा अपनाउनुपर्ने सावधानीलाई पनि बेवास्ता गरेको दाबी प्रतिवेदनले देखाएको छ ।
तारा एयरको अत्याधुनिक प्रविधिको ९ एन एएचएच कलसाइनको भाइकिङ नामक ट्विनअटर जहाज दुर्घटनाको प्रमुख कारण बादलभित्र प्रवेश गरेको हुन पुगेको आयोगका सदस्यसचिव तथा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । यो जहाजले घोडेपानी पार गरेपछि आफ्नो रुट छोडिसकेको थियो ।
बाटो बिराएको यो जहाज कालीगण्डकीलाई दाहिने पारेर जानुपर्नेमा बायाँ पारेर जानु नै गलत भएको थियो । जहाज उडाउने क्याप्टेन तथा कोपाइलटले नर्मल ट्र्याक छोडिसकेको जहाजमा आएको जीपीआरएस वार्निङलाई गरेको बेवास्ता नै दुःखद दुर्घटनाको कारणमा परिणत भएको आचार्यको बुझाइ छ ।
'यो जहाज दुर्घटना हुनुभन्दा एक मिनेट १५ सेकेन्डअगाडि मात्रै क्याप्टेनको कमान्डमा आएको देखिएको छ ', आचार्यले भने । कोपाइलटले जहाज कमान्ड गर्नु नै नहुने भन्ने त होइन तर 'क्रिटिकल वेदर' भएकाले जहाज पाइलटले नै कमान्ड गरेर जानुपर्ने बुझाइ आचार्यको छ ।
जहाज दुर्घटना पर्नुको कारण खराब मौसम हुनु, चालक दलले बाटो बिराउनु र पहिरोको भ्रम देख्नु, प्राविधिक स्रोतको भरपूर उपयोग हुन नसक्नु हो भनेर उल्लेख गरिएको छ । चालकदल सचेत भएर उडान नगर्नु, घोडेपानीबाटै फर्कनुपर्ने जहाज तातोपानी भन्ने ठाउँमा जान खोज्नु तथा आँखाले हेरेर गर्नुपर्ने उडान प्रविधि मेन्टेन नगर्नुले जहाज बादलभित्र छिरेर पहाडमा धसिएको उल्लेख छ ।
दुर्घटना जाँच आयोगका सदस्य तथा सिम्रिक एयरलाइन्सका इन्जिनियर रामप्रसाद कोइरालाका अनुसार जहाजमा आधुनिक प्रविधि भएरमात्रै हुँदैन त्यसको भरपूर उपयोग पनि हुनुपर्छ । जहाजमा भएको आधुनिक प्रविधिले मात्रै जहाजलाई बचाउन नसक्ने उनको बुझाइ छ । जहाज नयाँ–पुरानो भएर फरक पर्ने होइन प्रविधिलाई भरपूर उपयोग गर्न नसक्दा पनि जहाज दुर्घटना भएको पाइएको कोइरालाले जानकारी दिए ।
जाँच आयोगका अर्का सदस्य तथा नेपाल वायुसेवा निगमका क्याप्टेन श्रवण रिजालका अनुसार गल्ती सुधार नहुँदा जहाज दुर्घटनामा परेको देखिएको छ । रिजालका अनुसार यो जहाज घोडेपानी पुगेपछि एक मिनेट पाँच सेकेन्ड अगाडि जीपीडब्लूएसले देखिएको चेतावनी नमान्दा भएको गल्ती र त्यसपछि दोहोरिएको गल्तीले जहाज दुर्घटना भएको पाइएको छ । दुर्घटना जाँच आयोगकै अर्का सदस्य दीपक बास्तोलका अनुसार ८० प्रतिशत जहाज दुर्घटना मानवीय त्रुटिले नै हुने गरेको प्रतिवेदनले देखाएका छन् ।
यो जहाज ताराले २०७० साउन २९ मा नेपाल भित्र्याउनुभन्दा ३ महिना अगाडि मात्रै निर्माण भएको हो । आधुनिक प्रविधिको नयाँ जहाज भित्र्याएर ताराले चार सय ८२ वटा मात्रै उडान गरेको थियो । पाइलट रोशन मानन्धर र कोपाइलट डिकेश नम्कुनले उडाएको यो जहाज दुर्घटनामा सवार सबैको निधन भएको थियो । जहाजमा दुईजना विदेशी र दुईबालकसहित २३ जना सवार थिए ।
२७ जेठ, बिदुर । नुवाकोट खड्गभञ्ज्याङ गाउँ बिकास समितिमा बालुवाको ढिस्कोले पुर्दा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सवारी चालक, बिकास भन्ने गंगासिंह तामाङ, सहचालक प्रकाश भन्ने बुधे तामाङ र काम गर्ने शंकर राईको रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक ऋषिराम कँडेलले जानकारी दिए ।
अवैधानिक बालुवा खानीमा बा ३ ख ९७०९ नम्बरको आयसर ट्रकमा बालुवा भर्दै गर्दा माथिबाट झरेको पहिरोले उनीहरुलाई पुरेको थियो । बालुवा खानीको छेउँमा नै लगेर बालुवा सिधै गाडीमा पर्ने गरी खनिरहँदा माथीबाट एक्कासी पहिरो झरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
स्काभेटरको माध्यमबाट प्रहरीले गाडी र मृत्यु भएकाहरुको शव निकालेको थियो ।
२५ जेठ काठमाडौँ । बरिष्ठ संगीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।
राष्ट्रिय गानका संगीतकार गुरुङको मंगलबार विहान उपचारका क्रममा निधन भएको थियो ।
उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा भवनमा राखिएको थियो ।
त्यहाँ नेपाली सेनाले सम्मान गारथ अर्पण गरेको थियो भने सरकारी प्रतिनिधिले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको थियो ।
अपराहृन ३ बजेपछि शवयात्रा सुरु भएको थियो ।
गुरुङको विदाइमा हजारौं सहभागी भएका थिए ।
देशमा विभिन्न खालका भ्रम फैलाएर आनन्द लिने तत्वहरु छन् । सत्य कुरा नबुझ्ने, बुझ्न नचाहने वा भ्रममै रामाउने तत्वहरु पनि छन् । तर, नेपाली जनता स्पष्ट हुनुपर्छ । सरकारको दिशालाई जनताले बुझ्नुपर्छ ।
विगतका सरकारहरुले केही नगर्दा अहिलेको सरकारप्रति पनि जनताको विश्वास डग्मगाएको हो । अघिल्ला सरकारहरु केवल समय गुजार्ने, जब मिति पुग्छ अनि छाडेर हिँड्ने, यसैमा सीमित भए । यो अभ्यास र तरीकालाई अब निरन्तरता दिन सकिदैन र दिनु हुन्न । नेपाल अत्यन्तै राम्रा सम्भावना भएको देश हो । आकारमा धेरै ठूलो छैन । जनसंख्या धेरै छैन । साधन-स्रोतको प्रचुरता छ । तर, न तीनको अध्ययन हुन्छ न अन्वेषण हुन्छ, न खोज-अनुसन्धान हुन्छ ।
त्यस्तो स्थितिमा नेपाल छ ।
हामीले अब यस अवस्थालाई तोडेर विकास निर्माणको अभियानमा जानैपर्छ । मैले यही अभियानलाई अगाडि सार्न खोजेको हुँ ।
यो अभियान अगाडि सार्न खोजेपछि अब विकास हुन्छ कि क्या हो, नहुनुपर्ने काम हुन आँट्यो कि क्याहो भन्दै एउटा तप्कामा आतंक फैलियो । जनता आशावादी बनेका छन्, तर विद्वान भनिनेहरु, बुद्धिजीवी कहलाउनेहरु आत्तिएका छन् । पढेलेखेका हौं भन्नेहरु केही छट्पटाएका छन् ।
आजमात्रै पनि एकजना बुद्धिजीवीले चटपटे-सटपटे के भनेर लेखेको देखेँ । उहाँलाई त साह्रै ठूलो घोडाले छातीमा जोर लात हानेजस्तो भएको रहेछ । उहाँलाई केमा परेको हो भने रेल पनि आउँछ भन्या छ, पानीजहाज पनि चलाउने भन्या छ ।
केके गर्ने भयो अब । जुन देशको समुद्र छैन, तीनले पानीजहाज चलाएका छन् कि छैनन् भन्ने कुरा हामीले थाहा पाउनुपरो कि परेन ? समुद्र ती देशको मात्रै होइन, जसको किनारा जोडिएको छ । अरुले पनि प्रयोग गर्न पाउँछन् । त्यसैले भारतसँग र चीनसँग हामीले पारवहन सन्धि गरेका छौं । मैले भनेको थिएँ, यो अहिले तत्काल भइहाल्दैन । केही समय लाग्छ तर हामी चलाउने छौं । त्यति के भनेको थिएँ, अहो एकैछिनपछि त तमासा देखियो । कसैले कागजका जहाज बनाएर गुडाउन थाले । कसैले पहाडमा जहाज बनाएर कुदाउन थाले । यस्तो बुद्धिलाई सलाम गर्नुपर्छ ।
तर एउटा कुरा म के स्मरण गराउन चाहन्छु भने २७ सालमै पानीजहाज किन्न आँटिएको रहेछ । बैनासमेत दिइसकेको रहेछ । कानून बनाइसकेको रहेछ । झण्डा कसरी, कहाँ राख्ने भनेर बजेटमा प्रकाशित भइसकेको रहेछ । मैले पहिलोपटक निकालेको यो कुरा भन्ठानेको थिएँ, तर पहिले यति अगाडि बढेको रहेछ । यो कुरा हिजो मात्र मलाई थाहा भो । अलिकति पैसा दिन नसकेर पछि हटेको रहेछ नेपाल । त्यसपछि त्यो कुरा हराएछ ।
मैले के भनेको थिएँ भने हामीले आफ्ना ट्रक लगेर कलकत्ताबाट सामान ल्याउनु हुन्छ भने रेल चैं किन लैजानु हुन्न ः रक्सौलसम्म अरुको रेल आउनुहुन्छ भने हाम्रो रेल रक्सौलसम्म किन जानुहुन्न ? नेपालमा केही गर्छु भन्यो भने बुद्धिजीवीलाई चट्पटे लाग्छ ।
नवलपरासीको पहाडमा हामीले १० किलोमिटरको फलाम खानी पत्ता लगाइसक्यौं । अब त्यसको उत्खनन र प्रशोधन सुरु हुन्छ । बुद्धिजिवी छट्पटाउछन् यो कुरा सुनेर । मैले ‘इन्भरटेड कमा’का बुद्धिजिविलाई भनेको हो । कमसेकम १० खर्ब, जुन नेपालको सिंगै बजेटजति हुन्छ, त्यो खानीबाट आउँछ ।
अर्को कुरा दैलेखमा पेट्रोलियम खानीको सर्भे गरिसक्यौं । उत्खनन् गर्दैछौं । अलिकति निस्कर्षमा पुर्याउन बाँकी छ । अब त्यो पेट्रोलियम नेपालबाट निकाल्ने कि ननिकाल्ने बुद्धिजिविहरुले भनिदिनुपरो । अघि बद्री पंगेनीले सोध्नुभो, दक्षिणको तेल हाल्दाहाल्दा हैरान भइयो, उत्तरको कहिले हाल्न पाइन्छ । अब उत्तरको र दक्षिणको होइन, आफ्नै तेल बनाउने कोशीश गरौं । दुई वर्षभित्र नेपालमा आफ्नै पेट्रोल उत्पादन हुन्छ ।
म हाम्रो योजना र नीति-कार्यक्रमका आधारमा बोल्दैछु ।
०००
दुनियाँका देशभन्दा असाधारण देश छ हाम्रो । प्रकृतिले सबथोक दिएको छ । नेपालीजति राम्रो श्रमजिवी विश्वमा अरु मानिदैनन् । अरुले नेपाली छान्छन् जे कामका लागि पनि । अनि यस्तो जनशक्तिले हाम्रै देश किन नबननाउने ? यस्तो उर्बर देशमा कृषिलाई औद्योगिकरण किन नगर्ने ? स्वदेशी तथा विदेशी उद्योगहरु किन स्थापना नगर्ने ? हामी एग्रो फरेस्ट्रीमा काम गर्नेछौं । फलफुलको जंगल बनाउन सकिन्छ । अनि न्यूरोडमा घडेरी किनेर धुपिसल्ला बनाएको छ । त्यसको आफ्नो ठाउँ हुन्छ । के लगाउनुपर्ने ठाउँमा के लगाएको छ ।
केटाकेटीलाई पढाइन्छ, पछि विद्वान हुन्छ भनेर । त्यो पनि कसैलाई पत्यार भएन भने के जवाफ दिने ? स्कुल हालेकै दिन खोइ त विद्वान भएको भनेर सोध्नेलाई के जवाफ दिने ? बुद्धिजिविका प्रश्न सुनेर छक्क पर्छु म । वास्तवमा जनताबाट होइन केही बुद्धिजिविबाट म हैरान भइसकेँ । केमा आफ्नो बहादुरी देखाउने भने एउटा स्टाटस लेख्यो, ट्वीट गर्यो । सारा दुनियालाई भ्रममा पार्यो ।
कसैले ए अँ भनिदियो भने छाति फुलायो । कुनै कुनै सञ्चारमाध्यम देख्छु, आन्दोलनमा व्यापक जनसमर्थन देखियो रे । नाचगान भएको ठाउँमा मान्छे जम्मा हुँदैनन् ? उनीहरु त नाच हेर्न आएका हुन् । मैले त (आन्दोलनकारीलाईं) बोलाएको हो नी, सिंहदरबारमा । बाहिर घाम तापेर, नाचगान गरेर बसेका छन् । जायज माग पूरा गरिदिने भनेको छु । तर घाम तापेर बसेका छन् ।
हामी भुकम्पबाट ध्वस्त भएका छौं । नाकाबन्दीले अर्थतन्त्रमा यति ठूलो क्षति भएको छ एक प्रतिशतभन्दा कम वृद्धिदरको आकलन गरिएको छ । आर्थिक वृद्धि एउटा ठहरावमा छ । अर्थतन्त्र फसेको छ । मैले भनेको छु, आउँदो वर्ष ६५ प्रतिशत वृद्धिदर हासिल हुनेगरी तीव्रताका साथ काम अघि बढाइन्छ । पुननिर्माणका साथ अनेक काम गरिन्छ । तर, बुद्धिजिवीहरुलाई छटपटी छ । नीति तथा कार्यक्रमले गर्दा अलिकति छट्पटाए । अनि बजेट आउनै नदिने षडयन्त्रमा लागे । तर त्यो पार लागेन । नीति-कार्यक्रम त आयो । अब देश विकास गर्ने बजेट आउछ कि भनेर पीर गरिरहेका छन् । हो त्यस्तै बजेट आउछ, पिर मानेर के गर्ने ? देशलाई अगाडि बढाउने, जनतालाई हेर्ने बजेट आउँछ आउँछ । बुद्धिजिवीहरु रोएर के गर्ने ?
०००
देश निर्माण गर्न सकिन्छ ।
यहाँबाट निजगढसम्मको बाटो बनाउन सक्दैन नेपालले ? नेपालीहरु कहाँकहाँ पुगेका छन् । कतार हेर्नुुस त, कसले बनाएको हो ? सारा नेपालीहरुले बनाएको हो । मलेशीयामा कत्राकत्रा काम नेपालीहरुले गरेका छन् । अनि नेपालीहरुले नेपाल बनाउन सक्दैनन् ? हाम्रा इन्जिनीयर इन्जिनीयरै होइनन् ? यत्रा इन्जिनीयर छन् हामीसँग । हाम्रा इन्जिनीयरले हाम्रो देश जति राम्ररी जान्दछन्, त्यति अरुले जान्दैनन् । त्यसकारण म के आग्रह गर्न चाहन्छु भने राष्ट्र निर्माणको अभियानमा अत्यन्त सुदृढ एकताका साथ अगाडि बढ्नुपर्छ ।
एमालेको नेतृत्वमा सरकार बन्दा तराई बलिरहेको थियो । नाकाबन्दी थियो । नेपाल-भारत सम्वन्ध कटुताको स्थितिमा थियो । यो अवस्थाबाट हामीले सच्याएका छाैं । मैले भारतको र चीनको भ्रमण गरेर देशका निम्ति आवश्यक पर्ने दुरगामी सम्झौता गरेँ । नेपालको अन्तर्राष्टिय सम्वन्धलाई खास उचाई प्राप्त भएको छ । यसले आकार लिएको छ ।
यसले नेपालको प्रतिष्ठा बढेको छ ।
मैले देशभरका तुइनलाई झोलुंगे पुलले विस्थापित गर्नुपर्छ भनेँ । नहुने कुरा गर्यो पो भन्छन् । तुइन विस्थापति गर्नु हुँदैन ? कस्तो लाग्छ तपाइंलाई ? तुइन हटाउनछु भन्दा पनि आलोचना हुनु ठीक छ ? कुन असम्भव कुरा गरेको हो मैले ? सानो कुरा हो । पहिले गरेको भए हुन्थ्यो, गरेनन् । देश विकास एकै छिनको काम होइन । एकै छिनमा कुनै देश बन्दैन ।
म एउटा कुरा तपाईंहरुलाई सिकाउँछु । निदाउने बेलामा डरलाग्दो सर्प सम्झेर सुत्यो भने सपनामा त्यही सर्पले दुख दिन्छ । नराम्रा कुराहरु सुनाइदिएर जनतालाई विनासित्ति त्रशित किन पार्ने ? जनताको आशा र विश्वास जगाउनु पो पर्छ । उल्टो हुँडल्दिने, भड्काउने हो ? यो पनि भएन, त्यो पनि भएन, यो पनि हुँदैन, त्यो पनि हुँदैन भनेर नकारात्मक चिन्तन फैलाउनु ठीक हो ? मैले सुनेको छु, जहिले पनि सरकारले यसो गर्छु भन्छ गर्दैन । अहिलेको सरकारले जसरी विगतमा कसैले भनेकै थिएन । भनेके थियो ? थिएन ।
अहिलेकोले भन्छ मात्र होइन गर्छ । अनि किन भनेको भनिन्छ ? जनतासँग कुरा लुकाउनुपर्ने होइन नी । हामी के गर्दैछौं भन्ने जनताले थाहा पाउनुपर्छ । फलामखानीको कुरा नपत्याउने कोही पत्रकार भेट्नुभयो भने कावासोतिभन्दा अलिकति उत्तर चढेर माथि पहाडतिर पठाइदिनुस । पेट्रोलियम अन्वेषणको कुरा पत्याउदैन भने दैलेखमा हेर्न पठाइदिनस ।
बसिराखेर बिकास हुदैन । अगाडि बढेर हुन्छ । राष्ट्र निर्माणको महाअभियानमा अगामी आर्थिक वर्षलाई विकासतर्फको प्रस्थान वर्ष तोकेको छु । आउँदो वर्ष विकासतर्फको प्रस्थान वर्ष हुन्छ र नेपालले नगरेको वृद्धिदर हासिल गरेर अगाढि बढ्छौं ।
०००
तीव्रताका साथ कुदेनौं भने अगाडि पुगेकालाई भेट्न गाह्रो हुन्छ । धेरै ठाउँमा बोल्दा म साधारणतया कोटेसन भनिहाल्दिन । तर यतिबेला यूएईका प्रधानमन्त्रीको कोटेसन सुनाउन चाहन्छु ।
माइ भिजन भन्ने किताबमा उनले लेखेका छन् । अफ्रिकाको एउटा जंगलमा बिहान एउटा सिंह उठ्छ । जिउ तन्काउछ । सोच्छ, आज मैले छिटोभन्दा छिटो कुद्ने हरिणभन्दा छिटो कुद्न सकिनँ भने भोकले मर्छु । सिंहै भए पनि उसलाई कसैले आएर मुखैमा पकिस्दैन । छिटो कुद्ने हरिणभन्दा छिटो कुदयो भने मात्र उसको भोजन जुर्छ । त्यहि जंगलको अर्को कुनामा हरिण त्यसैगरी उठ्छ, आङ तान्छ र तर्कना गर्छ, आज मैले छिटोभन्दा छिटो कुद्ने सिंहभन्दा छिटो कुद्नुपर्छ । होइन भने म मारिन्छु । सर्भाइभल अफ द फिटेस्ट जस्तो अलिकति थ्यौरी लागू हुन्छ । जो कुद्न सक्दैन त्यो या भोकले मर्छ या अरुले खान्छ । सिंह हो, बलवान हो, बलिस्ठ छ तर कुद्न सकेन भने भोकै मर्छ । हरिण हो तर छिटो कुद्न सकेन भने सिंहले भक्षण गर्छ । हामी मर्नबाट जोगिने उपाय छिटो कुद्ने हो । हाम्रो निम्ति छिटो कुद्नु वाध्यता छ ।
काठमाडौ: बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय पार्षद् सदस्य ओखलढुंगा दियालेका अशोककुमार थापा अन्तर्राष्ट्रिय 'लट्री' धन्दामा लागेको पाइएको छ । पाँच लाख पाउन्ड पाउने आसमा सात लाख २५ हजार गुमाएकी पोखराकी एक महिलाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दिएपछि अनुसन्धान गर्दा थापाको संलग्नता पुष्टि भएको हो।
ती महिलालाई 'बधाई छ, सन् २०१६ को पेप्सी मोबाइल ड्र यूकेमार्फत तपाईंको मोबाइल नम्बरलाई पाँच लाख पाउन्ड चिठ्ठा पर्यो' भन्ने सन्देश आएको थियो। सन्देशसँगै इमेल ठेगाना पठाएर पूर्ण जानकारी पठाउनसमेत सुझाव दिइएको थियो।
पटकपटक म्यासेज र फोन आएपछि ती महिलाले उत्साहित हुँदै पैसा पठाउने माध्यम खोजिन्।
तर नेपालमा चिठ्ठाबापतको पैसा पठाउन वकिल खर्च लाग्ने र हुन्डीमार्फत पैसा पठाउन भनियो । महिलाले विश्वास नलागेपछि बैंकिङ च्यानल प्रयोग गरेर पैसा पठाउने अडान लिएकी थिइन्।
ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालका अनुसार विदेशी एजेन्टले महिलाको अडानपछि नेपालस्थित आफ्नो एजेन्ट सूर्यज्योति इन्भेस्टमेन्ट प्रालिको नेपाल एसबीआईबी बैंक बौद्ध शाखाको खातामा रकम राखिदिन अनुरोध गरेको थियो।
महिलाले पटकपटक गरी सात लाख २५ हजार रुपैयाँ सो प्रालिका खातावाल अशोककुमार थापाको नाममा जम्मा गरिदिएकी थिइन् । पैसा जम्मा भएपछि थापाले झिकेर ठगी गरी फरार भएका थिए । ठगिएपछि ती महिला प्रहरी सम्पर्कमा पुगेकी थिइन्। माओवादीका पूर्वलडाकु तथा कम्पनी कमान्डरसमेत रहेका थापाबारे प्रहरीले थप अनुसन्धान गर्दा उनी नयाँ शाक्तिका केन्द्रीय सदस्यसमेत रहेको पत्ता लागेको थियो।
ब्युरोले यसअघि पनि यस्तै प्रकृतिको घटनामा संलग्न दुई विदेशी नागरिकसहित तीनजनालाई पक्राउ गरेको थियो । २०७२ जेठ ३१ गते राजधानीको कपनबाट नाइजेरियन नागरिक इकेछुडेउ जोन डाइक र सेरालियोन अर्नेट पी कमारा र काभ्रेकी सम्झना परियारलाई पक्राउ गरेको थियो।
नाइजेरियन नागरिक जाउलाखेल युथ क्लबबाट ए डिभिजन लिगबाट फुटबल खेलिसकेका र सेरालियोन पनि फुटबल खेलाडी रहेको पत्ता लागेको थियो । उक्त समयमा पैसा झिक्न भने परियारको बैंक खाता प्रयोग गरी चार लाख १७ हजार रुपैयाँ ठगी गरिएको थियो। ब्युरोले चिठ्ठा एवं लट्रीका नाममा सन्देश वा इमेल आएमा प्रहरीलाई खबर गर्न अपिल गरेको छ।
डीआईजी सिलवालले भने, 'लट्रीका नाममा नेपालमा अन्तर्राष्ट्रिय गिरोह सक्रिय छ। हुन्डीमार्फत पैसा पठाउन अनेक बहाना रोजेर सकेसम्म आईएमईमार्फत पैसा पठाउनसमेत आग्रह गर्छन् । जो कोही पनि यस्ता सन्देश आएमा सजग हुनुपर्छ।
२४ चैत, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
बुधबार भएको निर्वाचनमा नेता रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा दलको नेता निर्वाचित भएका हुन् ।
उक महिना अगाडी भएको १३ औं महाधिवेशनमा पनि पौडेललाई नै पराजित गर्दै देउवा सभापति बनेका थिए ।
बुधबारको निर्वाचनमा कुल २०६ मत खसेकोमा देउवाले १३९ मत पाएका छन् भने पौडेलले ६७ मत मात्र पाएका छन् ।
विरामी भएका कारण नरहरि अचार्य भने मतदानमा सहभागी हुन सकेनन् ।
लमजुङ – नेपाल भ्रमणमा रहनु भएका बेलायतका राजकुमार यहाँस्थित भीरकुना गैरा–४ आइपुगेका छन् । उनलाई स्थानीय गुरुङ समुदायले परम्परागत तबरले स्वागत गरेका थिए । सेतो टीका लगाइदिएर राजकुमार ह्यारीको स्वागत गरिएको थियो । उनले विनासशकारी भूकम्पले क्षति पु¥याएको भूतपूर्व ब्रिटिश गोर्खाका घर र त्यहाँ रहेका आफन्तहरुसँग जानकारी लिएका थिए ।
त्यस्तै लमजुङ गैडा गाविसको लेउरानी गाउँमा पुगेपछि स्थानीय अन्नपूर्ण आमा समुहको तर्फबाट तामाङ नृत्यद्वारा स्वागत गरिएको थियो । स्थानीय एक तामाङ वृद्धद्वारा पगरी पनि लमजुङको गौँडा–७, लेउरानीस्थित ८७ वर्षीया मंगली तामाङलाई निकै चटारो छ । बुढ्यौली उमेरमा उनी कोरीबाटी गरेर बसेकी छिन् ।
‘सरकार साब आउने रे ।
ढिँडो र लोकल कुखुरा खुवाउने हो,’ उनले भनिन् । मंगलीकै घरमा बेलायती राजकुमार ह्यारीले रात बिताउने छन् । उनको खानपान र बसाईलाई आरामदायी बनाउन उनी बिहानैदेखि खटिएका छन् । उनको घर एकतलेको भएका कारणसँगै रहेको ठूलोछोरा डिलबहादुरको साइँलो छोरा मेनबहादुरको घरमा ह्यारीले बास बस्नेछकोदोको पिठो पिनिसकेको छु । २ वटा कुखुराको भाले खोजीसकेको छु । सुत्ने खाट र ओछ्यान पनि तयार छ । खान खाने मेरै झुपडीमा हो,’ उनले उत्साहीत हुँदै भनिन ।
उनी सोमबार दिउँसो पौने ३ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत गौँडा–४, भीरकुनामा ओर्लिनेछन् । बेलायती भूपू सैनिकको २ वटा निर्माणाधिन घर हेरेपछि निर्माण हुँदै गरेको लालीगुराँस प्रावि हेरेर साँढे १ घण्टाको बाटो ट्रेकिङ गरी लेउरानी पुग्नेछन् । साँझ सूर्यास्त हेरेपछि स्थानीयले प्रदर्शनले गर्ने सँस्कृतिमा उनी रमाउने छन् । त्यसपछि मंगलीको परिवारसँगै खाना खाएर बास बस्नेछन् ।
६ चैत, काठमाडौं । नयाँशक्ति नेपालको आयोजनामा शनिबारदेखि काठमाडौंमा सरसफाइ अभियान सुरु भएको छ ।
डा. बाबुराम भट्टराईको नेतृत्वमा शनिबार बिहान पशुपतिको आर्यघाटदेखि सरसफाइ अभियान सुरु भएको हो ।
शनिबार बिहानै पशुपति परिसरमा बाबुरामको नेतृत्वमा नयाँ शक्तिका अभियन्ताहरु रातो टोपी लगाएर भेला भएका थिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले फोहोर उठाउनुका साथै पशुपति परिसरमा झाडूसमेत लगाए ।
सरसफाइ अभियानमा अभिनेतृ करिश्मा मानान्धर र अभिनेता सरोज खनाल लगायतको सहभागिता थियो ।
नयाँ शक्ति नेपालले शनिबारदेखि उपत्यका केन्द्रित ‘क्लिन काठमाडौं, ग्रिन काठमाडौं’ अभियान सुरु गरेको छ । यो अभियान उपत्यकामा चैत २४ गतेसम्म चल्ने बताइएको छ ।
यस क्रममा विश्व सम्पदा सूचीमा सूचीकृत भएका सबै स्थानमा सरसफाइ गरिने नयाँ शक्ति नेपालले जनाएको छ ।
पाँचखाल (काभ्रे) : दोलखाको मेलुङबाट काठमाडौं आउँदै गरेको एउटा यात्रु बस काभ्रेको पाँचखाल नपा ४ केराघारीमा दुर्घटनाग्रस्त हुँदा तीन यात्रुको ज्यान गएको छ ।
दोलखाबाट तीब्र गतिमा काठमाडौंतर्फ आइरहेको अरनिको यातायातको बा ३ ख ७९३८ नम्बरको यात्रु बसले अनियन्त्रित भइ मोटरसाइकललाई हान्दा बसमै सवार तीन यात्रुको ज्यान गएको हो ।
बिहान ८ बजे दोलखाबाट तीब्र गतिमा काठमाडौंतर्फ आइरहेको अरनिको यातायातको बा ३ ख ७९३८ नम्बरको यात्रु बसले अनियन्त्रित भइ मोटरसाइकललाई हान्दा बसमै सवार तीन यात्रुको ज्यान गएको हो । ज्यान गुमाएका यात्रुको सनाखत भइसकेको छैन ।
करिब ७० जना यात्रु सवार बस चार घन्टामै पाँचखाल आइपुगेको थियो । घाइते यात्रुहरुका अनुसार सामान्य अवस्थामा सात घन्टा लाग्ने बाटोमा चालकले तीब्र गतिमा बस हुँइक्याएका थिए ।
मोटरसाइकललाई हानेर अनियन्त्रित हुँदै पल्टेको बस सडकबाट करिब ५० मिटर तल खसेको छ । दुर्घटानामा घाइते भएका यात्रुलाई उद्धार गरेर उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ ।
४ चैत, काठमाडौं । भगवान गौतम बुद्धको जन्मभूमिका विषयमा थप भ्रम फैलाउन भारत उद्यत बनेको छ । बुद्ध भारतको युपीमा जन्मेको ‘प्रमाण’ राखिनेे भन्दै भारतमा ‘कपिलवस्तु संग्रहालय’ बनेको छ ।
यो संग्राहलयको शुक्रबार एक केन्दि्रय मन्त्रीले उद्घाटन गर्ने कार्यक्रम छ । करिब ४० वर्ष पहिले नै उत्खनन गरिएका दुई वस्तुलाई ‘प्रमाण’ भनेर दुनियाँलाई देखाउने तयारी भारतले गरेको हो ।
टाइम्स अफ इन्डियामा बिहीबार प्रकाशित समाचारअनुसार सन् १९७० को दशकमा गरिएको पुरातात्विक अन्वेषणका क्रममा ‘ओम देभपुत्र विहार कपिलवस्तु संघ’ र महा कपिलवस्तु विखु संघ’ लेखिएका दुई वस्तु भेटिएका थिए, जसलाई अहिलेसम्म लुकाएर राखिएको थियो ।
‘यूपिको सिद्दार्थनगर जिल्लामा मार्च १८ मा उद्घाटन हुने कपिलवस्तु संग्रहालयमा यीनै दुई वस्तु प्रमुख आकर्षण हुनेछन्,’ समाचारमा लेखिएको छ ।
अहिलेसम्म तिनीहरुलाई सोधकर्ताहरुले मात्रै हेर्न पाउथे । आर्कियोलोजिकल सर्भे अफ इन्डियाका पुरातत्वविद नवरत्न कुमार पाठक भन्छन्, ‘नेपालले पनि तिलौराकाट भन्ने स्थानलाई पुरानो कपिलवस्तु भनेर दाबी गर्दै आएको छ । तर, हामीले जुटाएका प्रमाणले प्रष्टरुपमा भारतको दाबीलाई सत्य ठहर गर्छन् ।’ उक्त संग्रहालयमा बुद्धको जीवनका विविध आयामबारे जानकारी दिने विविध सामग्री रहने उनको भनाइ छ ।
लखनउ युनिभर्सिटीस्थित प्राचीन भारतीय इतिहास विभागका प्रमुख प्रोफेसर डीपी तिवारीले भनेका छन्, ‘नेपाली अनुसन्धानकर्ताले दिने सबैभन्दा ठूलो तर्क भनेको पिपरहवामा कुनै पनि दरबारको संरचना छैन भन्ने हो ।
तर, पिपरहवा नजिक रहेको गानवारिया भन्ने ठाउँमा दरबारको भग्नावशेष भेटिन्छ । आजको दिनमा हामी पिपरहवा र गानवारियालाई अलग अलग ठाउँका रुपमा हेर्छौं । तर, प्राचीनकालमा दुवै एउटै थियो ।’
कपिलवस्तु संग्रहालयको उद्घाटन केन्दि्रय पर्यटन महेश शर्माले गर्नेछन् । कपिलवस्तु र गान्वारियामा कथित प्रमाण भेटिएको स्थानबाट १०० मिटर टाढा रहेको भवनमा संग्रहालय बनाइएको छ । यो संग्रहालय ६ हजार स्क्यायर मिटरमा फैलिएको छ । बुद्धका जीवनबारे कलात्मक वस्तुहरु संग्रहित यो पहिलो संग्रहालय भएको समाचारमा जनाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा संसदमा भाषण गर्ने क्रममा पटकपटक ‘नेपाल बुद्धको जन्मभूमि हो’ भनेका थिए ।
एजेन्सी: दुई अलग धर्ममा आस्था राख्दै आएका एक प्रेमी जोडीले भारतको राँचीस्थित अरगोडा ठानामा आत्महत्या गरेका छन् ।
प्रेमी जोडीले प्रहरी हिरासतमै आत्महत्या गरेपछि दुबै पक्षका अभिभावकले प्रहरीमाथि गम्भीर आरोप लगाएका छन् ।
यो घटनापछि तीनजना प्रहरीलाई निलम्बित गरिएको छ । राँचीका विपक्षी दलका नेता तथा पूर्व मुख्यमन्त्री हेमन्त सोरेनले यस घटनालाई लिएर सरकारको राजीनामा समेत मागेका छन् ।
उनले विधानसभामा यो गम्भीर मामिला भएकाले सरकाले राजीनामा दिनुपर्ने बताएका हुन् । कांग्रेसका विधायक तथा पार्टीका प्रदेश अध्यक्ष सुखदेव भगतले पनि पुलिसले गम्भीर लापरबाही गरेको आरोप लगाएका छन् ।
राँचीका सिटी एसपी किशोर कौशलका अनुसार यी प्रेमी जोडी गोड्डा जिल्लाको महागामा गाउँ निवासी थिए ।
गोड्डा पुलिसले उनीहरु दुबैलाई गत राति गाउँ नजिकैको हरमुबाट गिरफ्तार गरेको थियो । उनीहरुलाई अरगोडा प्रहरी कार्यालबाट आज बिहान अदालतमा पेश गर्ने तयारी गरिएको थियो ।
उनीहरुले अदालतमा पेश हुनुअघि नै विष खाएर आत्महत्या गरेका हुन् । तर प्रहरी हिरासतमा उनीहरुले त्यति कडा विष कहाँबाट ल्याए भन्नेबारेमा पुलिसले मुख खोलेको छैन । एसपीले यो मामिलाको जाँच भइरहेको बताएका छन् ।
राँचीका एसएसपी कुलदीप द्विवेदीले यस घटनामा पुलिसको गम्भीर त्रुटि रहेको बताए । उनले यो घटनापछि दुईजना प्रहरीलाई निलम्बित गरिएको जानकारी दिएका छन् ।
उनले मानवाधिकार आयोगको निर्देशन अनुसार यो मामिलाको जाँच अघि बढाइएको बताए ।
प्रेमी जोडीको हिरासतमा मृत्यु भएपछ यो मामिलाको छानबिन थानविन मानवअधिकर आयोगले पनि गर्ने भएको छ । मानवअधिकार आयोगले डाक्टरहरुमार्फत पोस्टमार्टम गर्ने तयारी गरेको छ । पोस्टमार्टमका लागि भिडियोग्राफी पनि गरिने भएको छ ।
महागामा ठानाका अफिसर इन्चार्ज रेणु गुप्ताले बीबीसीलाई बताए अनुसार मृतक जफर आलम र उनकी प्रेमिका पूजाकुमारीको घर एकै गाउँमा आमने सामने रहेको छ ।
दुबैजनाको परिवारको आर्थकि अवस्था निम्न रहेको छ । यी जोडी १५ जनवरीबाट भागेका थिए । युवतीकी आमाले यो मामिलामा युवकविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।
पुलिसलाई उनीहरु राँचीमा रहेको जानकारी मिलेको थियो । उनीहरुलाई प्रहरीको टोलीले राँचीबाट गिरफ्तार गरेको थियो ।
नागरिकतामा सन्तबहादुर दमाई छ, तर गाउँमा नयाँ पुस्ताले सन्तोष परियार भनेर चिन्छ । जन्ममिति २७ जेठ ०४६ । ठेगाना दैलेख तोली- २ धनीगाउँ । पिता सेते दमाई, माता अमृता दमाई ।
हामी तीन भाइ हौँ, म कान्छो । एउटी बहिनी छिन् । बुवाले सिलाउने काम गर्नुहुन्थ्यो, बालीघरे प्रथामा । दुई हलको बारी छ, खान पुग्दैन । बुवाले लुगा सिलाएर परिवारले हात मुख जोड्दै आएको थियो ।
गाउँकै राजकुमारी शाही र म माया-प्रेममा पर्यौँ । हाम्रो प्रेम सफल भयो । अहिले हामी सँगै छौँ, एकअर्कासँग खुसी छौँ । तर, डर र त्रासमा छौँ । तल्लो जात भनेर राजकुमारीका आफन्तले मेरो बुवाको हत्या गरे ।
मायामा पर्यौँ यसरी
गाउँको युवा क्लबमा सक्रिय थिएँ । संघर्षशील युवा क्लब, हामीभन्दा अग्रज दाइहरूले गठन गर्नुभएको ।
अग्रजहरू विभिन्न काम-पेसा, पढाइमा जिल्लाबाहिर गएपछि क्लब हामीले चलाउँथ्यौँ, म सदस्य थिएँ । प्रत्येक वर्ष दशैँमा क्लबले गाउँमा सांस्कृतिक कार्यक्रम गथ्र्यो ।
गाउँकै श्री नीरा मावि भाङगारीमा ७ कक्षामा पढ्दै थिएँ । ०६७ दशैँको कुरा हो । सांस्कृतिक कार्यक्रमको तयारी गर्दै थियौँ, स्कुलको एउटा कोठामा ।
म सानैदेखि मुक्तक-गजल भन्ने, नाच्ने-गाउने गर्थें । माइकमा बोल्न रुचि राख्थेँ । यस्ता कुरामा अगाडि सर्थें । त्यो वर्षको कार्यक्रम प्रस्तोता म नै थिएँ । कार्यक्रम कसरी गर्ने ? मुक्तक-गजल कसरी भन्ने ? कसरी नाच्ने ? गाउने कसरी ? सबैमा म कामचलाउ जान्नेजस्तो थिएँ, गाउँका लागि ।
कुन गीतमा गाउने, कुन गीतमा नाच्ने भनेर सल्लाह हुन्थ्यो । मैले अन्य साथीहरूलाई नाच्न, गाउन सिकाउँथेँ । नाच्नेमा राजकुमारी शाही पनि थिइन् । राजकुमारी र म एउटै गाउँका, एउटै स्कुल, एउटै कक्षामा पढ्ने । हाम्रो पानी पँधेरो, दाउरा-घाँस, चरन पनि एउटै ।
स्कुलमा मेरो पढाइ राम्रै थियो । एक र दुई कक्षामा पास मात्रै भएँ । तीनदेखि ६ सम्म आउँदा दोस्रोदेखि चौथो भइरहन्थेँ ।
६ बाट सातमा आउँदा चौथो भएको थिएँ । उनलाई नाच्न सिकाउँदै थिएँ, उनले भन्न थालिन्, ‘तिमीले सिकाएको मलाई मन पर्छ । तिमी नाचेको, गाएको, बोलेको मन पर्छ ।’
यसरी नै हामी नजिक भयौँ । मैले जिस्केर भन्थेँ, ‘मलाई पनि तिमी मन पर्छ । राम्री लाग्छ । म तिमीलाई माया गर्छु ।’ उनी लजाएजस्तो गर्थिन् । एक दिन उनले भनिन्, ‘हुन्छ, तिमी माया गर्छाै भने म पनि गर्छु ।’
माथि कोठामा उनी एक्लै सुत्थिन् । पछाडि ढिस्काबाट माथिल्लो तलामा जान मिल्थ्यो । उनले ढोका खुल्लै राख्थिन्, राति कसैले थाहा नपाउने गरी म उनको कोठामा जान्थेँ
ख्यालख्यालैमा माया बसेजस्तो भयो । उनको माया लाग्न थाल्यो । उनी शाही ठकुरी । गाउँमा जातीय भेदभाव, छुवाछुत बेसरी नै छ । तर पनि क्लबमा हिँड्दा-डुल्दा, पढ्दा, सुन्दा यो जातभात भन्ने केही होइन, पुरानो चलन हो भन्ने बुझेका थियौँ । हामी दुवैको मोबाइल थियो । उनले फोन गरेर राति बोलाउँथिन्, पढाउन । म राति ९ बजेतिर जान्थेँ ।
उनका दुई आमा हुन्, छुट्टएिर बसेका थिए, दुइटा घर थियो । उनी बस्ने घर दुई तलाको थियो । तल उनका बाआमा बस्थे । उनका बुवाले खेती-किसानी गर्नुहुन्छ ।
माथि कोठामा उनी एक्लै सुत्थिन् । पछाडि ढिस्काबाट माथिल्लो तलामा जान मिल्थ्यो । उनले ढोका खुल्लै राख्थिन्, राति कसैले थाहा नपाउने गरी म उनको कोठामा जान्थेँ- गणित, विज्ञान, नेपालीका व्याकरण सिकाउँथेँ ।
अरुले देखे त अप्ठेरै हुन्थ्यो । त्यसमाथि ठकुरीको घरमा दलित त पस्नै पाइँदैनथ्यो । तर, जातभात सोचिएन । उनले बोलाएर गएको थिएँ, मन पर्ने मान्छेले बोलाएपछि अरु केही सोचिनँ । सोच्ने बुद्धि पनि आएन । केहीबेर सिकाएर र्फकन्थेँ । यसरी नै सात आठ महिना बित्यो । हामी दुवै पास भयौँ, आठ कक्षामा पढ्दै थियौँ ।
मेरो बुवा बिरामी भएर उपचारका लागि म दैलेख सदरमुकाम आएको थिएँ, चार दिन बसेँ । त्यही बेला गाउँमा हल्ला चलेछ । कसैले भनेछ, ‘हिजो राति सन्त राजकुमारीको कोठामा गएको थियो ।’ घरमा दाइहरूले भन्नुभयो, ‘गाउँमा यस्तो हल्ला चलेको छ, तँ राजकुमारीलाई भेट्न राति घरमा जान्छस् रे । यस्तो नगर । उनीहरू ठूला जात हुन् । गाह्रो पर्छ ।’ मलाई राजकुमारीले फोन गरेर भनिन्, ‘गाउँमा यस्तो हल्ला चल्यो, के गर्ने ?
अब मलाई गाउँमा बस्नै गाह्रो हुन्छ, कसरी मुख देखाउने । भागेर टाढा जाउँ । नभए त म झुन्डिएर मर्छु ।’
भागेर ओढारमा रात काट्यौँ
हामीले कुनै गलत त गरेका थिएनौँ, उनले पेटै बोकेकी पनि थिइनन् । तर, उनले झुन्डिने नै कुरा गरेपछि म आत्तिएँ । के गर्ने ? के नगर्ने ? सोच्नै सकिनँ । मैले उनलाई भनेँ, ‘मर्ने कुरा नगर । चिन्ता नगर, म छु, मर्नै परे सँगै मरौँला । केही नलागे भागेर कतै जाउँला ।’
हल्ला चलेपछि मलाईभन्दा बढी उनलाई गाह्रो थियो, त्यसैले म उनको घरमा गएर झुट बोलेँ । ‘म आएको छैन, यो हल्ला मात्रै हो’ भनेँ ।
मैले उनलाई सम्झाउँदै थिएँ । हल्लाले ठूलै रुप लियो, उनले सहनै नसक्ने गरी । तल्लो जातलाई रातमा घरमा ल्याएकी, दमैसँग हिँडेकी, जस्ता कुरा हुन थाले, उनलाई गाउँमा मुखै देखाउन अप्ठेरो हुन थाल्यो ।
आफ्नै जात भएको भए, जातीय विभेद नभएको भए, एउटा टुंगो लाग्थ्यो होला । अझ आमाबुवाको मन्जुरीमा मैले उनलाई पढाउँथे होला । स्कुलको पढाइ सकेर, आफ्नै खुट्टामा उभिएर बिहे गथ्र्यौं होला । हल्लै भए पनि साथी-साथी वा नाम जोडेर चर्चा हुन्थ्यो होला ।
तर, सानो र ठूलो जात भन्ने भएकैले कुरा ठूलो भयो । यता सदियौँदेखि हेपिँदै-थिचिँदै आएको मेरो परिवार, त्यसै डरायो । बुवा, दाइहरुले मलाई घरमै बस, अब राजकुमारीलाई नभेट भन्न थाल्नुभयो । यता, राजकुमारी चिन्तामा थिइन् । ‘बद्नाम भइसक्यो, के गर्ने ? म त मर्छु’ भन्थिन् ।
२२ वैशाख ०६८ मा हाम्रो फोनमा कुरा भयो । दिउँसो १२ बजेतिर नजिकैको सामुदायिक वनमा भेट्यौँ । कहाँ जाने, के गर्ने कुनै टुंगो थिएन । त्यत्तिकै मायाले भेटेका थियौँ ।
गाउँमा हामी भागेको हल्ला चल्यो । मान्छेहरू हामीलाई खोज्दै आउन थाले । हामी वनको ओढारमा लुक्यौँ । त्यत्तिकै आएका थियौँ, न साथमा पैसा थियो, न त लत्ता-कपडा । रात परेपछि लाइट बलेको देखिन्थ्यो ।
बेला-बेला बोलेको सुनिन्थ्यो । कहाँ छौ, हामी केही गर्दैनौँ, घरमा आओ, आ-आफ्नो घरमा बस भन्दै केटाहरू चिच्याउँदै हिँडिरहन्थे । हामीलाई खोज्ने मान्छेहरुलाई हामीले देखिरहेका थियौँ । खोज्दै मान्छे आइपुग्छन् कि, जनावर आउँछ कि, डर-त्रास मात्रै थियो । रात ओढारमै कटाइयो ।
दिदीभाइ बनाइयो
परिवारले हामीलाई घरमा ल्यायो । घरमा आइसकेपछि मिल्ने कुरा भयो । राजकुमारीका बुवाआमाले हामीलाई बोलाउनुभयो, हामी गयौँ । गाउँमा भद्र-भलादमी बसेर राजकुमारी र मलाई दिदीभाइ बनाइयो
उज्यालो भएपछि झनै मान्छेको ओहोरदोहोर भइरह्यो- गाउँलेहरु घाँसदाउरा, गोठाला गर्न थाले । निस्कनै पाइएन । दिउँसो तीन बजेसम्म ओढारमै थियौँ, हामीलाई खोज्दै राजकुमारीका फूपूका छोरा तुलबहादुर चन्द आइपुगे, उनी म जत्रै थिए । उनी बाझ्दै मलाई कुट्न आउन खोजेका थिए । मैले पनि ‘लौ आइज’ भने । ऊ आएन । उसले हामी ओढारमा बसेको बताएपछि मेरो परिवार आयो ।
परिवारले हामीलाई घरमा ल्यायो । घरमा आइसकेपछि मिल्ने कुरा भयो । राजकुमारीका बुवाआमाले हामीलाई बोलाउनुभयो, हामी गयौँ । गाउँमा भद्र-भलादमी बसेर राजकुमारी र मलाई दिदीभाइ बनाइयो । गाउँलेले हामीलाई एउटा खसी ल्याउन भने । हामीले घरको एउटा खसी दियौँ ।
गाउँलेले खसी काटेर भोज खाए । मलाई पनि खाउ भनेका थिए । मैले नखाई आएँ । यता उनको परिवारले प्रहरीमा उजुरी गरेको रहेछ- छोरी हराइन्, खोजी गरी पाउँ भनेर । भोलिपल्ट प्रहरीकहाँ गएर मिलिसकेको बताइयो ।
फेरि भागौँ
त्यसपछि पनि रातमा हामीबीच फोनमा कुरा हुन थाल्यो । माया छँदै थियो । चार महिनाजति फोनमा कुरा भयो । हामी एक-अर्काबिना बाँच्नै नसक्नेजस्तै भइसकेका थियौँ । गाउँमा हाम्रोबारे अनेक कुरा हुन्थेँ । त्यसले हामीलाई फेरि भागेर बिहे गर्ने आँट दिन्थ्यो । यति भइसक्यो, अब विवाह गर्दा के गर्दा रहेछन्, हेरौँ भन्ने भयो । अन्ततः भागेर बिहे गर्ने निर्णयमा पुग्यौँ ।
२८ साउन ०६८ राति १२ बजे हामी गाउँबाट भाग्यौँ । उनले आफ्ना केही कपडा लिएर आइन् । आफन्तको चौराठा गाविसमा थियो, हिँडेर जान दुई-तीन घन्टा लाग्थ्यो । त्यहीँ गएर बस्यौँ । मैले घरमा केही भनेको थिइनँ । भागेर टाढै जान भनेर सोचिसकेका थिएनौँ, साथमा पैसा पनि थिएन । जे पर्ला, त्यही टर्ला भनेर भागेका थियौँ ।
प्रहरीमा मिलापत्र
यता घरमा मेरो बुवामाथि कुटपिट भएछ । ‘तल्लो जात भएर पनि छोरालाई ठेगानमा राख्न सकिनस् । आफ्नै ठाउँमा रहनुपर्छ, आफूभन्दा ठूलो जातलाई हेर्न हुँदैन भनेर सिकाइनस् ? भनेर रत्ना चन्द (राजकुमारीकी फूपू) ले लाठीले कुटपिट गरिछन् । बुवाले इकाका प्रहरी कार्यालय नौमुलेमा उजुरी दिनुभयो । प्रहरीमा मिलापत्र गर्ने कुरा भएछ । राजकुमारीका परिवारले ‘हामी केही गर्दैनौँ । पढ्न पनि दिन्छौँ, घरमै आएर बसे हुन्छ’ भनेछन् ।
घरकाले यताउता फोन गरेर म चौराठा गएको थाहा पाए । बुवाले मलाई फोन गरेर हामीलाई प्रहरी कार्यालय नौमुलेमा बोलाइयो । प्रहरीमा राजकुमारी र मलाई छुट्टाछुट्टै सोधपुछ भयो । हामीले मन्जुरीमा बिहे गरेको बतायौँ । मिलापत्र गरेर हामीलाई घरमा पठाइयो । हामी केही दिन घरमै बस्यौँ । त्यसपछि बालुवाटार गाविस आलेगाउँ भन्ने ठाउँमा मेरो मामाको घर छ, त्यहीँ गयौँ । घरमै बस्दा कुटपिट हुन सक्छ कि भनेर घरका सबै डराउनुभएको थियो । त्यसैले हामी मामाघर गएका थियौँ ।
बुवाको हत्या
तीज आयो । बुवाले फोन गरेर भन्नुभयो, ‘चाडबाड हो, आयो भेटघाट गर्यौँ । एकरात बसेर कतै जाउला ।’ घर आएर खानपिन गरेर सुत्यौँ । पाहुना पनि थिए । राति १२ बजेतिर एक्कासि नौ जनाजति मान्छे आए, मुख छोपेर । म माथिल्लो तलामा सुतेको थिएँ । तल बा, दाइहरु हुनुहुन्थ्यो । बुवालाई खुकुरीले हानेछ । बुवा आत्तिएर तल बारीमा गएर ढल्नुभएछ । त्यसपछि ठुल्दाइले प्रतिकार गर्नुभयो । घरमा पाहुना पनि थिए, सबैले मलाई समाएर तल जान दिनुभएन । बालाई खुकुरी लागिसकेपछि दाइले पनि केही देख्नुभएन होला । दाइ एक्लै लड्नुभयो । तीन-चारवटा खुकुरी खोस्नुभयो ।
हल्ला, रुवाबासी भएपछि गाउँले आए । ती आक्रमण गर्न आउनेहरु भागे । त्यसपछि गाउँलेहरु इलाका प्रहरी कार्यालय नौमुलेमा उजुरी गर्न गए । यता बुवाको छातीमा खुकुरी रोपिएको थियो, गाउँकै सन्दीप रानाले तानेर खुकुरी निकाल्नुभयो, बुवा बेहोसजस्तै हुनुहुन्थ्यो । खुकुरी तीन इन्च जति रोपिएको थियो । छातीमा भ्वाङ नै देखिएको थियो । नजिकै सामान्य औषधि पसल पनि थिएन । उपचार गर्न सदरमुकाम नै आउनुपथ्र्यो, हिँडेर आउन सात-आठ घन्टा लाग्छ, गाडी थिएन ।
मान्छेहरु खोजेर, बोकेर सदुरमुकाम आउनुपथ्र्यो । यता प्रहरीले मुचुल्का उठाउनुपर्छ भनेछ, प्रहरी कार्यालय जान एक-डेढ घन्टा लाग्थ्यो । बुवा बेहोस नै हुनुहुन्थ्यो, घरीघरी बर्बराउनुहुन्थ्यो । भोलिपल्ट बिहान मुचुल्का उठाएर नौ बजेतिर बुवालाई उपचार गर्न हिँडियो । साँझ ५ बजेतिर जिल्ला अस्पताल दैलेखमा ड्रेसिङ गरियो । खुकुरीले फोक्सोमै भेटेको रहेछ, त्यहाँ उपचार नहुने भएर सुर्खेत क्षेत्रीय अस्पताल रेफर गरियो । क्षेत्रीय अस्पताल पुगेका मात्रै थियौँ, बुवा बित्नुभयो ।
त्यसपछि बुवाको पोस्टमार्टम गरेर शव घरमा ल्यायौँ । प्रहरीले घटना भएकै त्यही राति नै केही मान्छेलाई पक्राउ गरिसकेको थियो, सबै राजकुमारीका आफन्त थिए । दाइहरु बुवाको किरिया बस्नुभयो । म किरिया बस्न पनि पाइनँ । सदरमुकाममा मुद्दा-मामिलामै म व्यस्त भएँ । घटनाले ठूलै रुप लिएको थियो, रेडियो पत्रपत्रिकामा आइसकेको थियो । मलाई विभिन्न संघ-संस्थाले सदरमुकाम बस्ने-खाने व्यवस्था गरे, राजकुमारी पनि मसँगै थिइन् ।
फैसला हाम्रै पक्षमा
सदरमुकाम एक-डेढ महिना बस्यौँ । त्यसपछि हामी काठमाडौं आयौँ । हाम्रो घरमा विभिन्न संघ-संस्था, पत्रकार पुगिरहन्थे । पत्रकार अमर सुनारले हामीलाई काठमाडौं ल्याउनुभयो । उहाँकै कलंकीको कोठामा बस्यौँ । विभिन्न संघ-संस्थाले दुई-चार हजार खर्चको रुपमा दिन्थ्यो । उता, मुद्दा चलिरहेकै थियो । अदालतले मलाई फोनमा सोधिरहन्थ्यो । काठमाडौं दुई महिना बसेर घर फक्र्यौं ।
जिल्ला अदालत दैलेख, न्यायाधीश रामकृष्ण भट्टको एकल इजलासले मुद्दा हाम्रो पक्षमा फैसला गर्यो, ३० जेठ ०६९ मा । मुख्य योजनाकार बिन्दकला शाही, हत्यामा खुकुरी प्रहार गर्ने जीवन शाही र कृष्ण खत्रीलाई २०-२० वर्ष जेल सजाय सुनायो । अरु ६ जनालाई पनि १०-१० वर्ष, ५-५ वर्ष सजाय तोकेको छ ।
एसएलसीमा ब्ल्याक लिस्टमा परेँ
घरमा बसेर पढ्न नपाए पनि मैले पढाइलाई अगाडि बढाएँ । मुद्दा-मामिलामा सदरमुकाम बस्दा, काठमाडौं बस्दा पनि मैले किताब हेरिरहन्थेँ । परीक्षा दिइरहेँ । राम्रो अंक ल्याएर आठ, नौ पास भएँ । एसएलसी पनि दिएँ- ०७१ । भैरव मावि नौमुलेमा एसएलसी परीक्षा केन्द्र परेको थियो ।
म्याथको परीक्षाको दिन, केन्द्रका अध्यक्षले चौराठाका विद्यार्थीलाई कुटे भनेर विद्यार्थीले तोडफोड गरे । हामीले त परबाट हेरेका मात्रै थियौँ, तोडफोड गर्नेमा हाम्रो पनि नाम गएछ । मेरो स्कुलबाट २२ परीक्षार्थी थियौँ, चारजना मात्रै पास भए, अरु ब्ल्याक लिस्टमा पर्यौँ । मेरो ४८० नम्बर आएको छ । तर, विज्ञानमा नम्बरै छैन, सी मात्रै लेखेको छ ।
मैले झन् विज्ञानमा राम्रो नम्बर आउँछ भन्ने आशा गरेको थिएँ । त्यो एक विषय मात्रै परीक्षा दिन पाएको भए पास हुन्थेँ । तर हामी कसैले पनि परीक्षाको र्फम नै भर्न पाएनौँ । स्कुले पनि ‘तिमीहरुले यसपालि परीक्षा पाउँदैनौँ, तोडफोडमा परेकाले ब्ल्याक लिस्टमा परेका छौ, तिमीहरु मात्रै होइन, सय विद्यार्थी ब्ल्याक लिस्टमा परेका छन्’ भन्यो । केही विद्यार्थीले जिल्ला शिक्षा कार्यालय आएर पनि बुझे ।
तर, नपाइने कुरा आयो । खै के भाको हो, हामीले बुझेनौँ । यसपालि परीक्षा एसएलसी दिने तयारीमा छु ।
उनलाई कतै टाढा सुखले राख्ने सपना
अहिले दैलेखकै घरमा छौँ । हाम्रो ०६९ भदौमा एउटा छोरा जन्मियो । घरमा दाइहरू, भाउजुहरू, भतिजाभतिजी, आमा बहिनी गरेर ११ जना छौँ, सबै सगोलमै छौँ ।
अहिले हाम्रो सम्बन्ध राम्रो छ । तर, अझै त्रास छ । फेरि आक्रमण हुन्छ कि, कैद भोगेर आएर पनि आक्रमण हुन्छ कि भन्ने डर छ । राजकुमारीलाई कतै पर लगेर, केही काम गरी पढ्दै उनलाई पाल्न चाहन्छु
मैले घरमै काम गर्छु । १०-१२ वटा बाख्रा, चारवटा खसी छन् । गाई-गोरु छन् । खेतीले खान पुग्दैन । दाइहरू बर्खामा भारतको सिम्लामा मजदुरी गर्न जानुहुन्छ । ठुल्दाइले अलिअलि सिलाउनु पनि हुन्छ । अहिले माइलादाइ इन्डियामै हुनुहुन्छ । दाइहरु शारीरिक रुपमा त्यति सबल हुनुहुन्न । ठूलोदाइको सानैदेखि तालु कमजोर छ, सानैमा घाउ भएर पाकेको रे । माइलोदाइको हात मर्केको छ । माइलोदाइले एसएलसी पास गर्नुभएको छ, गरिबीले नै माथितिर पढ्न सक्नुभएन ।
अहिले हाम्रो सम्बन्ध राम्रो छ । तर, अझै त्रास छ । फेरि आक्रमण हुन्छ कि, कैद भोगेर आएर पनि आक्रमण हुन्छ कि भन्ने डर छ । राजकुमारीलाई कतै पर लगेर, केही काम गरी पढ्दै उनलाई पाल्न चाहन्छु । उनले मलाई माया गरेकी छिन्, साथ दिएकी छिन्, यो जीवनमा उनलाई सुख दिन चाहन्छु । काम गरेर पाल्न सक्छु, पढेर केही गर्न सक्छु भन्ने आशा छ । केही मेसो पाउन सकेको छैन, फेरि पनि हारेको छैन ।
उनी पनि ‘कतै पर जान पाए हुन्थ्यो, गरिखाने हात छँदै छन्, केही गरेर खाइन्थ्यो । यहाँ फेरि केही हुने हो कि ?’ भनिरहन्छिन् । घर-परिवार पनि हाम्रो चिन्ता लिइरहन्छ । दाइ-भाउजूहरु र आमा पनि चिन्तित हुनुहुन्छ ।































