छोटेलालमाथि सुन्धारामा यसरी भयो ‘इन्काउन्टर’

१३ मंसिर, काठमाडौं । नेपाल प्रहरीबाट एसएलआर र एउटा पेस्तोल लिएर भागेका छोटेलाल ठाकुर तराई मधेसमा विभिन्न अपराध कर्ममा लागेका थिए । हतियार लिएर भागेको ५ वर्षपछि छोटेलाल आइतबार सुन्धारामा प्रहरीको इन्काउन्टरमा परी घाइते अवस्थामा पक्राउ परेका छन् ।

 नेपालका साथै भारतमा समेत अपराधमा संलग्न उनी काठमाडौं छिटेको सूचना आएपछि शनिबार विहानै प्रहरी इन्काउन्टर गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोली सुन्धारास्थित लुम्बिनी पाहुना घरमा उनी कोठामा भेटिए । प्रहरी आएको थाहा पाएपछि उनले सिरानीमुनि राखेको हतियार निकाल्न खोजे । तर, पत्रिकाले बेरेर राखेको पेस्तोल सोझ्याउन नपाउँदै प्रहरीले गोली हान्यो ।

0 comments

Write Down Your Responses