हतियारसहित नेपाल छिरेका भारतीय सीमा सुरक्षा बलका जवान झापामा पक्राउ
झापाको केचना नाकाबाट हतियार सहित नेपाल छिरेका तीन भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तस्करलाई खेद्दै उनीहरु नेपाली सीमाभित्र छिरेका थिए । सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
हतियारसहित पक्राउ परेका उनीहरूलार्इ केचना नाकामा रहेको सशस्त्र प्रहरीको बेसक्याम्पमा राखिएको छ ।
उनीहरु तस्करलाई लखेट्दै नेपाल छिरे पनि बाटो विराएका हुन् वा नियोजितरुपमा छिरेका हुन् अनुसन्धान भइरहेको छ ।


0 comments
Write Down Your Responses