शेष घले, राजेश हमाल र पारस खड्का लैंगिक हिंसाविरुद्धका सदभावदूत घोषित

। सरकारले एनआरएन अध्यक्ष शेष घले, अभिनेता राजेश हमाल र क्रिकेटर पारस खड्कालाई लैलिंक हिंसाबिरुद्धको सदभावदूत नियुक्त गरेको छ । बुधबारबाट सुरु भएको लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियानका अबसरमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले तीन जना ब्यक्तित्वलाई सदभावदूत घोषित गरेको हो ।

 सद्भाव दूतहरुले आगामी दुई बर्षसम्म समाजमा लैंगिक हिंसा न्यूनिकरणका लागि जनचेतना जगाउन बिभिन्न कार्यक्रममा सहभागीता जनाउनेछन् । महिला हिंसाविरुद्ध पुरुषको पनि सहकार्य अनिवार्य हुने भएकाले ख्यातिप्राप्त तीन पुरुषलाई सद्भाव दूत घोषणा गरिएको मन्त्रालयले जनाएको छ । अभियानको पहिलो दिन राजधानीमा प्रभावफेरी निकालिएको छ ।

 भृकुटीमण्डपबाट सुरु भएको प्रभावफेरी भद्रकाली, सहिदगेट, न्यूरोड हुँदै बसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको छ  । सद्भाव दूत घोषित एनआरएनए अध्यक्ष शेष घलेले महिला हिंसाविरुद्ध एनआरएनए सक्रिय रुपमा लागेको बताए । साथै उनले हिंसा न्यूनिकरणको थालनी आफ्नै घरबाट गर्नु पर्नेमा समेत जोड दिएका छन् ।

0 comments

Write Down Your Responses