पुनर्निर्माण प्राधिकरणको काम योजना आयोगले गर्ने

सरकारले पुनर्निर्माण प्राधिकरण नबन्दासम्म त्यसको सबै काम राष्ट्रिय योजना आयोगमार्फत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले बिहीबार बसेको बैठकले प्राधिकरण गठनसम्वन्धी विधेयक पास नहुँदासम्म त्यसले गर्ने सबै काम योजना आयोगमार्फत गर्ने निर्णय गरेको हो ।

 भूकम्पपछिको राहत र पुनर्निर्माणका लागि प्राधिकरण गठन गर्ने विधेयक संसदमा पेश भएको छ । तर, प्रमुख दलहरुबीच सहमति हुन नसक्दा विधेयक पास भएको छैन । प्रमुख विपक्षी नेपाली कांग्रेसले आफ्नो सरकारले दर्ता गरेको विधेयक पारित गर्न दबाव दिइरहेका बेला सरकारले भने प्राधिकरण नबन्दासम्म त्यसको सबै काम योजना आयोगमार्फत गर्ने निर्णय गरेको छ ।

0 comments

Write Down Your Responses