सरकारी अधिकारीलाई अख्तियारको चेतावनीः सके काम गर्नुस्, नसके पद छाड्नुस्
‘तेल, ग्यासलगायतका अत्याश्यक सामाग्री सहजरुपमा वितरण गर्न नसक्ने र कालोबजारी नियन्त्रण गर्न नसक्ने हो भने कारवाही भोग्न तयार हुनोस्, यो तपाईहरुलाई फाइनल वार्निङ हो ।’
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उपस्थित उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु र सम्बिन्धत मन्त्रालयका सरकारी अधिकारीलाई आयोगका प्रवक्ता सहसचिव कृष्णहरि पुस्करले यस्तो चेतावनी दिए ।
‘
अहिलेको अनुगमन चित्तबुझ्दो छैन, बदमासी गर्ने र ठुलाबडालाई छुट दिइएको छ, जनताले पाँच दिनसम्म लाइनमा बस्दा पनि तेल र ग्यास पाउन सकेका छैनन्,’ अख्तियारका प्रवक्ताले भने- ‘सूचना पाइएन भनेर वा प्रगति विवरण बोकेरमात्रै नहिँड्नोस्, आजैदेखि बेथिति रोक्न लाग्नोस्, सक्नुहुन्न भने कारवाही भोग्न तयार हुनोस्अहिले चिनेको मान्छेले सय लिटरसम्म तेल पाउने, कसैले लाइनमा बस्दा पनि नपाउने र कसैले ५ सय तिरेर तेल किन्नुपर्ने अवस्था रहेको भन्दै प्रवक्ताले सरकारी अधिकारीहरुलाई भने- ‘यो बेथिति भयो, यसरी चल्दैन ।’
उपत्यकामा बढेको कालोबजारी र बेथितिबारे छलफल गर्न अख्तियारले आइतबार उपत्यकाका सिडियो, प्रहरी प्रमुखहरु, प्रधानमन्त्री कार्यालयका साथै आपूर्ति मन्त्रालयका अधिकारीहरुलाई बोलाएको थियो ।
कार्यक्रममा सहभागी सरकारी अधिकारीहरुले सरकारी निकायवीच समन्वय हुन नसकेको र सूचनाको अभाव भएकाले बजार अनुगमन प्रभावकारी हुन नसकेको बताएका थिए । तर, यस्तो गुनासो गरेर नबस्न र प्रभावकारी काम गर्न अख्तियारले उनीहरुलाई चेतावनी दिएको हो ।


0 comments
Write Down Your Responses