हतियारसहित नेपाल प्रवेश गरेका एसएसबीलाई कारवाही नगरी छाडियो

। हतियारसहित नेपाल प्रवेश गरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का १३ जना जवानहरुलाई विना कारबाही छाडिएको छ । उनीहरुलाई ५ घण्टा नियन्त्रणमा लिएर छाडिएको हो ।

 सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले एसएसबी कमाण्डर बीबी नेगीको जिम्मा लगाएर उनीहरुलाई पठाइएको अनलाइनखबरलाई जानकारी दिए । झापाको केचनमा हतियारसहित नेपाल प्रवेश गरेका भारतीय सीमा सुरक्षा बल एसएसबीका १३ जवानलाई स्थानीयले घेरा हालेका थिए । लगतै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई नेपाली सुरक्षाकर्मीले छाड्न लागेको थाहा पाएपछि स्थानीयले केहीवेर नारावाजी पनि गरेका थिए ।

 सुपारी तस्करीमा संलग्न समूहलाई पछ्याउँदै भूलवस नेपाली बस्तीमा प्रवेश गरेको उनीहरूले बताएका छन् । घटना भएको केचना भारतसँग सीमा जोडिएको झापाको दक्षिणपूर्वी सीमान्त गाविस हो । दुई दिनअघि सुपारी तस्करलाई लखेट्ने भन्दै सोही क्षेत्रमा सीमा नजिक एसएसबीले आधा दर्जन राउन्ड फायरसमेत गरेको स्थानीय बासिन्दा बताउँछन् ।

0 comments

Write Down Your Responses