भूकम्प पीडितको राहतमा भ्रष्टाचारै भ्रष्टाचार !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्प पीडितलाई वितरण भएको राहतमा अनियमिततै अनियमिततै भएको बताएको छ । उसले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै राहतमा करोडौं भ्रष्टाचार देखिएको बताएको छ । अख्तियारले प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायको नेतृत्वमा छानविन टोली बनाएको थियो ।

टोलीले झण्डै साढे दुई महिना लगाएर तयार पारेको प्रतिवेदनलाई अख्तियारले ‘वर्ड आई भ्यू’को संज्ञा दिएको छ । अख्तियारका अनुसार पीडितका लागि भदौ मसान्तसम्ममा झण्डै १५ अर्ब खर्च भएको छ । आर्थिक सहायतादेखि त्रिपाल खरिदसम्मका लागि भएको खर्चमा अनियमिताको आशंका गरिएको छ । अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले भने-‘राहत वितरणमा धेरै अनियमिता भएको छ, सयौं बदमासी भएको छ । ब्रम्हलुट भएको देखिन्छ ।’

 अध्ययन टोलीका प्रमुख प्रहरी नायब महानिरीक्षक उपाध्यायले करौडौंको अनियमिता भएको बताए । तर, यकिन रकम भने भन्न सकेनन् । भूकम्पका बेला खरिद गरिएको त्रिपालमा भएको भ्रष्टाचार यसअघि नै चर्चामा आएको थियो । अख्तियारले सहसचिवसहितका अधिकारीविरुद्ध मुद्दा चलाए पनि सहरी विकास मन्त्री र सचिवलाई उन्मुक्ति दिएको आरोप लाग्दै आएको छ । आइतबार सार्वजनिक गरिएको अख्तियारको प्रतिवेदनमा पनि यसबारे थप केही भनिएको छैन । यसबारे भइरहेको छानविन अन्तिम चरणमा पुगेको अख्तियारका प्रवक्ता पुस्करले बता

0 comments

Write Down Your Responses