चीनबाट ल्याएको पेट्रोल परीक्षण गर्न सर्बसाधारणलाई बाँड्ने
नेपाल आयल निगमले काठमाडौं उपत्यकामा बिहीबार, शुक्रबार र शनिबार निजी सवारीसाधनलाई पेट्रोल वितरण गर्ने भएको छ । भारतबाट आएको न्यून परिमाण र चीनले अनुदानमा दिएको पेट्रोल वितरण गरिने निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए । ‘भारतबाट थोरै मात्रामा भए पनि ट्यांकर आइरहेका छन् । चीनबाट समेत पेट्रोल थपिएको छ,’ घिमिरेले भने, ‘त्यसैले बिहीबार, शुक्रबार र शनिबार तीन दिन निजी सवारीसाधनलाई पेट्रोल दिने निर्णय भएको छ ।घिमिरेका अनुसार दैनिक ५० वटा पेट्रोल पम्पबाट दैनिक तीन लाख लिटरका दरले पेट्रोल वितरण गरिनेछ । दसैँअघि सरकारले एक दिन मात्रै पेट्रोल वितरण गर्दा पम्प परिसरमा लामो लाइन थियो । त्यसैले तीन दिनसम्म बाँड्न लागिएको घिमिरेले बताए । तीन दिनमा तीन भिन्न–भिन्न लटका सवारीसाधनलाई इन्धन वितरण गरिने भएको छ । ‘बिहीबार १ देखि ३० लटसम्मका मोटरसाइकल र १ देखि ५ लटसम्म कार, जिप, भ्यानलाई पेट्रोल दिनेछौँ,’ घिमिरेले भने, ‘शुक्रबार ३१–५० लटसम्मका मोटरसाइकल र ६–९ लटसम्मका कारलाई दिनेछौँ । शनिबार भने ५० लटमाथिका मोटरसाइकल र १० लटदेखिका कार, जिप, भ्यानलाई पेट्रोल दिइनेछ ।’ मोटरसाइकललाई पाँच लिटर र कार, जिप, भ्यानलाई १० लिटर उपलब्ध गराउने उनले बताए । उपत्यकामा दैनिक सामान्य अवस्थामा तीन लाख ५० हजार लिटर पेट्रोल वितरण हुने गरेको थियो । ‘अभावको वेला धेरै पेट्रोल खपत हुन सक्छ । तर, सरकारी गाडी, ट्याक्सी, संस्थानका सवारी र पर्यटक बसलाई समेत नदिई निजी सवारीलाई समेत निश्चित संख्याका आधारमा मात्रै दैनिक तीन लाख लिटर वितरण गर्दा सबैलाई पुग्छ भन्ने आँकलन गरिएको छ,’ उनले भने । चीनले अनुदानमा दिएको एक लाख आठ हजार लिटर पेट्रोल सोमबार साँझ थपिएको घिमिरेले बताए । केरुङमा गएका २२ ट्यांकरले कम्तीमा पनि दुई लाख लिटर पेट्रोल ल्याउने निगमको अनुमान छ ।
‘चीनले दैनिक २२ ट्यांकर पठाउनू, हामी तेल भरेर पठाइदिन्छौँ भनेका कारण मंगलबार र बुधबारसम्म चीनबाट आउने तेलको परिमाण पनि बढ्छ,’ घिमिरेले भने, ‘त्यसपछि पनि बिहीबार, शुक्रबार र शनिबार चीनबाट पेट्रोल थपिन्छ भन्ने मूल्यांकनका आधारमा निजी सवारीलाई दिन लागिएको हो ।’ चीनबाट आएको युरो–४ मापदण्डको पेट्रोल र भारतबाट आएको युरो–३ मापदण्डको तेल थानकोट डिपोमा मिसाएर पम्पहरूलाई वितरण गर्ने निगमले जनाएको छ । ‘अहिलेको अभावका वेला चीन र भारतबाट आएको तेल छुट्टाछुट्टै वितरण गर्न नसकिने हो कि भन्ने लाग्छ ।
त्यसैले मिसाएर नै वितरण गर्दै छौँ,’ घिमिरेले भने । भारतबाट तेल बोकेका ट्यांकर कम आइरहेको र त्यसमा पनि पेट्रोलका ट्यांकर थोरै भएका कारण बिहीबार, शुक्रबार र शनिबार भारतीयको तुलनामा चीनबाट आएको पेट्रोल धेरै वितरण हुने निगमले जनाएको छ चीनले अनुदानमा दिएको एक लाख आठ हजार लिटर पेट्रोल सोमबार साँझ थपिएको घिमिरेले बताए । केरुङमा गएका २२ ट्यांकरले कम्तीमा पनि दुई लाख लिटर पेट्रोल ल्याउने निगमको अनुमान छ । ‘चीनले दैनिक २२ ट्यांकर पठाउनू, हामी तेल भरेर पठाइदिन्छौँ भनेका कारण मंगलबार र बुधबारसम्म चीनबाट आउने तेलको परिमाण पनि बढ्छ,’ घिमिरेले भने, ‘त्यसपछि पनि बिहीबार, शुक्रबार र शनिबार चीनबाट पेट्रोल थपिन्छ भन्ने मूल्यांकनका आधारमा निजी सवारीलाई दिन लागिएको हो ।’
चीनबाट आएको युरो–४ मापदण्डको पेट्रोल र भारतबाट आएको युरो–३ मापदण्डको तेल थानकोट डिपोमा मिसाएर पम्पहरूलाई वितरण गर्ने निगमले जनाएको छ । ‘अहिलेको अभावका वेला चीन र भारतबाट आएको तेल छुट्टाछुट्टै वितरण गर्न नसकिने हो कि भन्ने लाग्छ । त्यसैले मिसाएर नै वितरण गर्दै छौँ,’ घिमिरेले भने । भारतबाट तेल बोकेका ट्यांकर कम आइरहेको र त्यसमा पनि पेट्रोलका ट्यांकर थोरै भएका कारण बिहीबार, शुक्रबार र शनिबार भारतीयको तुलनामा चीनबाट आएको पेट्रोल धेरै वितरण हुने निगमले जनाएको छ । काठमाडौं उपत्यकामा करिब एक सय ५० पेट्रोल पम्प सञ्चालनमा छन् । ती पम्पलाई क्षेत्रगत रूपमा मिल्ने गरी दैनिक ५० वटा पम्पलाई तेल दिने निगमले जनाएको छ ।


0 comments
Write Down Your Responses