रसुवामा बस दुर्घटना, १२ जनाको मृत्यु

१७ कात्तिक, धुन्चे । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी जाँदै गरेको ना ३ ख ५७०६ नम्बरको यात्रु बस मंगलबार राम्चेमा दुर्घटना हुँदा एक बालकसहित १२ जनाको मृत्यु भएको छ ।

 ३१ जना यात्रु घाइते भएका छन् । झण्डै चालीस यात्रु चढेको बस दिउँसो साढे १२ बजे राम्चे गाविस ४ ग्राङ भन्ने स्थानमा दुर्घटना भएको हो । बस सडकबाट झण्डै २ सय मिटर तल खसेको छ । ‘दुर्घटनामा १२ जनाको मृत्यु भैसकेको छ, अरु अवस्था के छ हामी बुझ्दै छौं,’ रसुवाका प्रमुख जिल्ला अधिकारीले अनलाइनखबरसँग भने, ‘घाइतेहरु सबैलाई उपचारका लागि अस्पताल पठाइसकेका छौं ।


’ मृत्यु भएकाहरुको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी अवदेश विष्टले जानकारी दिए । गम्भीर घाइतेहरुलाई उपचारका लागि एम्बुलेन्समार्फत् काठमाडौं तर्फ पठाइएको छ । सामान्य घाइतेहरुको जिल्ला अस्पताल धुन्चेमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा डिएसपी विष्ट नेतृत्वको टोली उद्धारमा खटिएको छ ।

0 comments

Write Down Your Responses