गत आर्थिक वर्षमा फाइनान्स कम्पनीले के गरे ? ७ फाइनान्सको प्रस्तावित बोनस यस्तो

गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई दिने प्रतिफल घोषणा गर्ने क्रम सुरु भएसंगै लगानीकर्ता त्यसको अनुमान लगाउन थालेका छन् ।

 फाइनान्स कम्पनीहरुको गत आर्थिक वर्षको नाफा घाटा तथा अघिल्लो वर्षको अवस्थालाई हेरेर पनि केही हदसम्म लगानीकर्ताले प्रतिफलको आंकलन गर्न सक्छन् । तर फाइनान्स कम्पनीहरुले प्रतिशेयर आम्दानीका आधारमा नै कति प्रतिफल दिन्छन् भन्ने अवस्था रहँदैन ।

 शेयर बजारमा निरन्तर उतार चढाव देखिदै गर्दा फाइनान्स कम्पनीले पनि बजारको सुचक तल माथि गराउन मद्धत गरिरहेको छ । लगानीकर्ताको चासो राम्रो प्रतिफल पाउने कम्पनीमा रहेको छ । जसका कारण बजारमा पस्ने अनि निस्कने साना ठुला लगानीकर्ताको जमात पनि उत्तिकै छ । मेरोलगानीले गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरुले गरेको प्रगतीको तथ्यांक प्रस्तुत गरेको छ । उपलब्ध भएका २४ फाइनान्स कम्पनीको वित्तीय अवस्था तालिकामा देखाइएको छ ।

0 comments

Write Down Your Responses