नेप्से र कारोबारमा गिरावट, उच्च लाभांश घोषणा गरेका कम्पनीमा लगानीकर्ताको चाप

यस साताको पहिलो दिन आइतबारको शेयर कारोबारमा गिरावट आएको छ । अघिल्लो कारोबारको तुलनामा नेप्से ६ अंक बढीले घटेको छ भने कारोबार रकममा समेत गिरावट देखिएको छ । बजार ओरालो लागेपनि गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेका कम्पनीमा भने लगानीकर्ताको चाप देबजार खुलेदेखिनै ओरालो लागेको नेप्से ६.२४ अंकले घटेर १८१६.८१ अंकमा झरेको छ ।

 विकास बैंक जलविद्युत र अन्य बाहेक सबै समूह ओरालो लागेपछि समग्र बजार घटेको हो । यस दिन १४५ कम्पननीको एक अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो कारोबारको तुलनामा ३३ करोडले कम हो । गत विहिबार शेयरबजारमा १ अर्ब ५० करोड रुपैंयाको शेयर किनबेच भएको थियो । विकास बैंक जलविद्युत र अन्य समूह सकारात्मक रहेपनि बजारलाई प्रभाव पार्ने वाणिज्य बैंक समूह दोहोरो अंकले झरेपछि बजार प्रभावित भयो ।

यो समूहको ४९ करोड बराबरको कारोबार भएको छ । होटल समूह ३७ र बिमा समूह २२ अंकले झरेका छन् । जलविद्युत समूह सबैभन्दा बढी ३० अंकले उकालो लागेको छ । आइतबार सबैभन्दा धेरै शेयर कारोबार भएको एनबी बैंकको ६ करोड बढीको शेयर किनबेच भएको छ । चिलिमे हाइड्रोको पनि ५ करोड २६ लाख बराबरको कारोबार भयो । एभरेष्ट बैंक। लुम्बिनी जनरल इन्स्योरेन्स र सनराइज बैंकले पनि चार करोड बढीको कारोबार गरेका छन् ।खिएको छ ।


यस दिन लक्ष्मी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । एक बराबर एक हकप्रद निष्काशन गर्न लागेको कम्पनीको बुक क्लोजपछि आजै मूल्य समायोजन भएको थियो । बोनशको आशमा पनि यो कम्पनीको शेयरमूल्य बढेको देखिन्छ । त्यस्तै आजै ४५ प्रतिशत बोनश शेयर वितरणको प्रस्ताव गरेको समिट माइक्रोफाइनान्सको शेयरमूल्य पनि ८.६६ प्रतिशतले बढेको छ । ३० प्रतिशत बोनश प्रस्ताव गरेको मितेरी डेभलपमेन्ट बैंकको पनि शेयरमूल्य साढे चार प्रतिशतले बढेको छ ।

 नबिल ब्यालेन्स फण्डको ३० प्रतिशत नगद लाभांश प्रस्तावले पनि लगनीकर्ता तानिएका छन् । यो कम्पनीको शेयरमूल्य पनि चार प्रतिशत धेरैले बढेको छ । समग्रमा बजारमा लाभांश घोषणा गसिद्धार्थ इक्विटी ओरेन्टेड स्किमका लगानीकर्ताले धेरै गुमाएको बजारमा शिखर इन्स्योरेन्स संस्थापक,गुह्ेश्वरी मर्चेन्ट,मिशन डेभलपमेन्ट,राप्तीभेरी,पूर्णिमा विकास लगायतका कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् ।रेका र उच्च लाभाश दिनसक्ने कम्पनीमा लगानीकर्ताको चाप देखिएको छ ।

0 comments

Write Down Your Responses