तत्कालीन किष्ट बैंकका प्रमुख कार्यकारी ज्ञवालीलाई चार बर्ष जेल सजाय, ६ करोड जरिवाना

तत्कालीन किष्ट बैंकका प्रमुख कार्यकारी कमल ज्ञवालीलाई अदालतले चार बर्षको जेल सजाय र ६ करोड २५ लाख रुपैयाँ जरिवाना भएको छ । ललितपुरको पाटनमा रहेको उच्च अदालतले ज्ञवाली, उनकी श्रीमति र अन्य ४ जनालाई बैकिड. कसुरमा कैद र जरिवानाज्ञवालीलाई अदालतले सिद्धार्थ डेभलपमेन्ट बैंकको कर्जा दुरुपयोग गरी बैंकिङ कसुर गरेको अभियोगमा दोषी ठहर गरी कडा सजाय गरेको हो । अदालतले ज्ञवालीकी पत्नी गौरी खनाललाई ३ वर्ष कैद र ६ करोड २५ लाख रुपैयाँ जरिवाना गरेको छ । 

सोही मुद्धामा ऋणी किशोर ढकाललाई ४ वर्ष कैद र ५० लाख रुपैयाँ, धितो मूल्यांकनकर्ता कोमलानन्द अधिकारीलाई ४ वर्ष कैद र ५ करोड ७३ लाख रुपैयाँ जरिवाना भएको छ । मुद्धामा संलग्न अन्य प्रतिबादीहरु शेखर अर्याल, मधुसूदन सिलवाल, रमेशकुमार शर्मा, दीपेन्द्र कार्की र केपी शर्मालाई जनही २, २ वर्षका दरले कैद सजाय भएको छ । 

 तर प्रतिबादी बनार्इृएका मोतीराज ज्ञवाली, मदनबहादुर बस्नेत, अञ्जु पाण्डे पोख्रेल, गंगाबहादुर जीसी, विदुर ज्ञवाली, धु्रव कार्की र देवकी बस्ताकोटी ढकाल निर्दोष ठहर भई सफाइ पाएका छन् । जम्को प्रकाशन प्रालिलाई गरिएको कर्जा परिचालनमा धितोमा कैफियत देखिएपछि मुद्धा परेको थियो । सिद्धार्थ डेभ्लपमेन्ट बैंकमा समेत लगानी गरका ज्ञवालीको कारणले किष्ट बैंक धरासायी भएपछि प्रभु समूहसँग बेचिएको थियो ।

0 comments

Write Down Your Responses