सानिमा बैंकले निकै छिटो सुचिकृत गर्यो हकप्रद सेयर, प्रबिधिको कमाल
सेयर बजार आधुनिकीकरण भएपछि के हुँदो रहेछ भन्ने कुरा लगानीकर्ताले प्रत्यक्ष अनुभुति गर्न थालेका छन् । झण्डै डेढ महिना अघि अर्थात साउन १६ गतेसम्म सानिमा बैंक(SANIMA)का लगानीकर्ताहरुले हकप्रदको आबेदन भर्दै थिए तर असोज २ गते पुग्दा नपुग्दै हकप्रद सेयर सुचिकृत भईसकेको छ । प्रबिधिको कमालले गर्दा हकप्रद किनेको डेढ महिनामै लगानीकर्ताले आफ्नो खातामा सेयर पाएका छन् ।यसअघि नेपालको सेयर बजार अभौतिकीकरण नहुँदा हकप्रद र बोनस सेयरको प्रमाण पत्र छापिन, त्यो बितरण, सुचिकृत हुन र हस्ताक्षर प्रमाणित गराई बिक्रीमा आउन महिनौ लाग्ने गरेको थियो ।
मान्छेले गर्ने काम प्रबिधिले गर्न थालेपछि एकै महिनामा हकप्रद सुचिकृत भएर बिक्रीमा आउने अबस्थाले गर्दा लगानीकर्तालाई धेरै राहत पुगेको छ । सानिमाले एक करोड ६८ लाख कित्ता सेयर जारी गरेकोमा एक करोड ५१ लाख ३२ हजार नौ सय आठ कित्ता सेयरधनीले खरिद गरेका थिए, त्यो आईतबार सीडीएससीमा सुचिकृत भएको छ ।
अबको केही दिन भित्रमा सानिमाका लगानीकर्ताहरुले हकप्रद वापत आएको सेयर बेच्न वा बैंक, बित्तिय संस्थामा धितो राखेर कर्जा लिनसक्ने छन् । यदि नेपालको सेयर बजार अभौतिकीकरण नभएको भए हकप्रद सेयर बेच्न र धितो राख्न अनेक झंझटको सामना गर्नु र महिनौ कुर्नु पर्दथ्यो ।
अहिले न त प्रमाणपत्र खोज्दै जानुपर्ने झंझट, न त हस्ताक्षर प्रमाणिकरणको लफडा नै ब्यहोर्नु पर्ने अबस्था । अभौतिक सेयर खातामा आफ्नो सेयर आयो कि आएन भनेर जाँच्न चाँही जान्नु पर्यो ।
बाणिज्य बैंकहरुमा सबैभन्दा कम निस्क्रिय कर्जा कायम गर्न सफल सानिमाले क्रमबद्ध प्रगति गर्दै जाँदा उसका लगानीकर्ताकर्ताहरु फाईदामा छन् । गत बर्षको खुद नाफाबाट १५ प्रतिशत बोनस दिएकोले त्यसबाट हकप्रद भर्ने लगानीकर्ताहरु पनि लाभांन्वित भएका छन् ।


0 comments
Write Down Your Responses