राम्रा कम्पनीको सेयरमा लगानी गर्नेले एक वर्षमै कति धेरै कमाए ?(तथ्यसहित)

सेयर बजारमा गर्ने नै दीर्घकालीन लगानी हो र यसरी लगानी गर्नेहरु अबश्य नै धनी बनेका छन् भन्ने उदाहरण नेपालको अहिले र एक बर्ष अघिको सेयर बजारको अबस्थालाई तुलना गर्दा पनि प्रष्टै थाहा हुन्छ । राम्रा कम्पनीको सेयरमा दीर्घकालीन लगानी गरेकाहरुले एक बर्षमा ६ गुणासम्म धन बढाएको प्रष्टै देख्न सकिन्छ र सुरुमा प्राथमिक शेयरमा लगानी गरेकाहरुकोे कमाई त कयौं गुणा बढी नै छ । हेर्नुहोस्, मेरोलगानी डटकमको यो अध्ययनः&a गत वर्षको भदौ १ गते सेयर बजार परिसुचक नेप्से ११५९.९३ अंकमा रहेकोमा यस पटक भदौ २६ गते सोमबार नेप्से परिसुचक १८१८.६९ अंकमा पुगेको छ । राम्रा कम्पनीमा लगानी गरेकाहरुले यसबीचमा ६ गुणासम्म सम्पति बढाएर मालामाल भएका छन् । यसलाई तीन वटा आधारमा ब्याख्या गरिएको छ । 

 सेयर मूल्य बढ्दा मालामाल मेरोलगानी डटकमले नमूनाका रुपमा छनौट गरेका ३० वटा राम्रा कम्पनी मध्ये अधिकांशको सेयर मुल्य बढेर लगानीकर्ता नाफामा परेका छन् । यसमा निर्जिवन बिमा कम्पनीमा लगानी गरेकाहरुको सेयर मूल्य पाँच गुणा भन्दा बढीले बढेर लगानीकर्तालाई फाईदै फाईदा भएको अबस्था छ भने कतिपय बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स र लघुबित्तमा पनि लगानीकर्ताले औधी कमाएका छन् । जस्तै शिखर ईन्स्योरेन्सको प्रतिकित्ता सेयर एक बर्ष अघि ९७५ रुपैयाँमा किनेका लगानीकर्ताले अहिले ३५३० रुपैयाँ पाएका छन्, यसमा २५०० रुपैयाँ भन्दा बढी रकम फाईदा भएको छ । एक बर्ष अघि सनराईज बैंक ४८७ रुपैयाँ प्रति कित्तामा किनेकाले अहिले ९८८ रुपैयाँ पाएका छन् ५०१ रुपैयाँ सिधै नाफा भएको छ । एक बर्ष अघि मुक्तिनाथ बिकास बैंक ५९५ प्रति कित्ताको दरले किनेकाहरुले १००४ रुपैयाँ भन्दा बढीले नाफा कमाएका छन् । एकबर्ष अघि १५४६ रुपैयाँ प्रति कित्ताका दरले डिप्रोसबैको मूल्य कहाँ बढेको छ र, घटेको पनि छ भन्नुहोला, जसको सेयर मुल्य घटेको छ, त्यसमा लगानी गर्नेहरु पनि धेरै नाफामा छन् ।

 बोनस सेयरको हिसाव गरेर हेरौंः बोनस सेयरले झन् धेरै फाईदा बोनस सेयर समेत जोडदा नाफा थामिनसक्नु नै हुन्छ । माथि सेयर मूल्य ५ गुणासम्म बढेर औधी नाफा भएका कम्पनीका लगानीकर्ताले बोनस सेयर समेत जोडे भने तपाइँ आफै चित्त खानुहुन्छ । शिखर ईन्स्योरेन्सले दिएको २४ प्रतिशत बोनस, सिद्धार्थ ईन्स्योरेन्सको २५ प्रतिशत, नेपाल ईन्भेष्टमेन्ट बैंकका ३३ प्रतिशत, सानिमा बैंकको २० प्रतिशत, मुक्तिनाथ बिकास बैंकको ३२ प्रतिशत लगायत सबै कम्पनीको बोनस पनि माथिको सेयर मूल्यमा जोड्नुभयो ? अब हिसाव गर्नुहोस्, । हो, सबै नाफामा छन् । त्यसमा पनि गत बर्षको खुद नाफाबाट यस बर्ष दिन बाँकी बोनस पनि जोड्नुहोस् । अब तपाइँले चित्त खानुभयो ?हामीले छानेका कम्पनीमा पूँजी आधार राम्रो भएका र प्रति शेयर आम्दानी आकर्षक रहेका कम्पनीहरु छन् । कम्पनीको ग्राोथ नभएका र शेयर मूल्य धेरै बढेका कम्पनीहरुलाई हामीले अध्ययनमा समेटेका छैनौ । बिमांकीय मूल्यांकन नभएका कम्पनीहरु बाहेक सबैको प्रति शेयर आम्दानी २० रुपैयाँ भन्दा माथि नै छ ।

 त्यस्ता कम्पनीमा लगानीकर्ताको लगानी जोखिममा छैन भन्ने कुरा चुक्ता पूँजी, जगेडा कोष र अन्य आधारभुत सूचकहरुले स्पष्ट गर्छन । यी कम्पनीहरुले आगामी दिनमा अझै धेरै राम्रो गर्नसक्ने प्रशस्त संभावना छ । अध्ययनको निष्कर्ष सेयर बजार चाहे उकालो लागोस् वा ओरालो, तपाइँको लगानी बलियो, सुरक्षित र राम्रो लाभांश दिने कम्पनीमा नै हुनुपर्छ, त्यसो हुँदा कहिल्यै पनि आत्तिनु पर्दैन । संस्थागत सुशासन र बित्तीय आधार राम्रो नभएका, घाटामा गएका, सेयर मूल्य धेरै उचालिएका, बोनस सेयर दिन नसक्ने, हकप्रदको मात्रै हल्ला गर्ने, संस्थापकहरु खराब भएका कम्पनीमा तपाइँको लगानी रह्यो भने यसरी मालामाल हुने हैन, बर्षौसम्म पुर्पुरोमा हात राखेर बस्नुपर्छ । अरुले करोडौं कमाईसक्दा तपाइँ चाँही ऋणले थलिएर सुस्केरा हाल्दै हुनुहोला । त्यसैले अरुको लहै, लहै र हल्लामा हैन, आफ्नै अध्ययन बिश्लेषणले बेलैमा राम्रो कम्पनी छानौं, दीर्घकालीन लगानी गरौं, भबिष्यमा ढुक्कको प्रतिफल प्राप्त गरौं । नेपालको सेयर बजार बिस्तारित हुने चरणमा छ, दीर्घकालीन लगानी गर्नेले कहिल्यै घाटा खानु पर्दैन । फरक यत्ति हो, धेरै नाफा भए पनि सेयर नबेच्नेको नाफा डिम्याट खातामा हुन्छ, बेच्नेको हातमा पैसा हुन्छ । अरुले कमाए भन्दैमा उचालिएर सेयर नकिन्नुहोस् । अरुले हात्ती चढे भन्दैमा आफु चाही धुरी नढ्नु, लडिएला । प्रगति भन्ने कुरा बिस्तारै हुँदै जाने हो ।
Add caption

0 comments

Write Down Your Responses