नेप्से घट्यो, राम्रा कम्पनीको शेयरमा सुरक्षित लगानी गर्नुभएको छ भने नआत्तिनुहोस्
नेपाल स्टक एक्सचेन्जमा साताको पहिलो दिन १५ अंकले गिरावट आयो भने दोस्रो दिनको कारोबारको मध्य समयसम्म ३१ अंकले गिरावट आयो । शेयर बजारमा घटबढ भईरहन्छ, सामान्य कुरा हो । तपाइँले राम्रा कम्पनीको शेयर किन्नुभएको छ र सुरक्षित लगानी गर्नुभएको छ भने आत्तिनुपर्दैन । तर लाभांश नदिने र मूल्य धेरै उचालिएका कम्पनीको शेयर किन्नु भएको छ भने त्यस्ता कम्पनीको शेयर बेचेर सुरक्षित लगानी गर्ने बेला नै यही हो ।
कम्पनीहरुले प्रकाशन गरेका गत बर्षको बित्तीय बिबरणको आधारमा खराब कम्पनीहरुको शेयर बेच्दै मूल्य कम तर लाभांशको मात्रा बढी भएका कम्पनीहरुको शेयर उठाउनु भयो भने दीर्घकालीन लगानीको हिसाबले राम्रो हुने छ । शेयर बजार तल गएको बेला शेयर किन्ने हो तर सुरक्षित कम्पनीको शेयर मात्रै ।सोेमबारको बजार हेरेर मात्रै तपाइँ आत्तिनुभयो भने घाटा खानुहोला । यस्ता उतार चढावहरु शेयर बजारका नियमित प्रक्रिया नै हुन । कुन कम्पनीको मूल्य बढेको छ भनेर तपाइँ शेयर किन्न लाग्ने हैन, कुन राम्रो कम्पनीको शेयर धेरै घटेको छ र कम्पनीको आधारभुत अबस्था कस्तो छ भन्ने कुरा हेरेर लगानी गर्नुहोस् । यस्तो बेलामा साना र नयाँ लगानीकर्ताहरुले आत्तिनु हुँदैन । अनुभवी लगानीकर्ताहरु त यस्तै बेलामा राम्रा, बढी लाभांश दिने, कम जोखिम भएका कम्पनीहरु छानी छानी शेयर उठाईरहेका हुन्छन् ।


0 comments
Write Down Your Responses