घरमा पसेको चितुवा यसरी समातियो

२५ पुस, काठमाडौं । शनिबार मध्याहृन काठमाडौं नयाँ बानेश्वरस्थित मानव वस्तीमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ । बानेश्वरबाट शंखमुल जाने बाटो नजिकै रहेको हेमराज भण्डारीको घरमा चितुवा पसेको थियो ।

 भण्डारीको घरको तल्लो तलामा रविन चाम्लिङ भाडामा बस्थे । उनकी छोरी रुसा घाममा बसेर खाना खान लागेको बेला चितुवा घर कम्पाउण्डमा प्रवेश गरेको थियो । चितुवा देखेपछि उनी भात छाडेर भागिन् । चितुवा घर पछाडि लाग्यो । तर, केहीबेरमा नदेखेपछि चाम्लिङ बाहिर गए ।

 करिव आधा घण्टापछि फर्किएर आउँदा चितुवा शौचालयमा बसिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । इन्स्पेक्टर हरिबहादुर बस्नेतले शौचालयको ढोका लगाएर चितुवालाई थुने र झण्डै ३ घन्टापछि लठ्याउने इन्जेक्सन लगाएर चितुवा नियन्त्रणमा लिइएको छ ।

0 comments

Write Down Your Responses