गायिका रेखा शाह श्रीमानसहित पक्राउ
२७ पुस, काठमाडौं । ‘सिमसिमे पानीमा…’ बोलको गीतबाट चर्चित बनेकी गायिका रेखा शाहलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरीले आइतबार बेलुकी रेखा र उनका श्रीमान इन्द्र गुरुङलाई पक्राउ गरेको हो ।
शाह दम्पत्तीले क्यासिनोमा जुवा खेल्न सन्दिपराज काफ्ले नामका व्यक्तिलाई पैसा लगानी गरेको प्रहरीले जनाएको छ ।
काफ्लेका बुवा सुवासराज काफ्लेले शाह दम्पत्तीबाट आफूलाई धम्की आएको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।
शाह दम्पत्तीविरुद्ध उजुरी परेपछि महानगरीय प्रहरी परिसरले शाह दम्पत्तीलाई कार्यालयमै बोलाएको थियो । कार्यालयमा पुगेका शाह दम्पत्तीलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
रेखासित व्याजमा लिएको पैसा तिर्न नसकेका सन्दिपराज सम्पर्कविहीन भएपछि रेखाले बुवा सुवासराजसित ताकेका गरेका थिए । सन्दिपलाई ऋण दिएको ७३ लाख रुपैयाँ बराबरको चेकको अधकट्टी रेखासित छ ।


0 comments
Write Down Your Responses