पवित्र खादा दुरुपयोग गरेकोमा माफी मागिन् शुभेच्छाले
खादाको दुरुपयोग गर्दै फोटोसेसन गरेकोमा अभिनेत्री शुभेच्छा थापाले माफी मागेकी छिन् ।
थापाको फोटोले बौद्ध धर्माबलम्बीको आस्थामा चोट पुर्याएको भन्दै तीव्र आलोचना भएपछि उनले अन्जानमा गल्ती भएको बताएकी हुन् । उनले कुनै धर्म वा समुदायलाई अपमान गर्ने मनसाय आफ्नो नरहेको दाबी गरिन् ।
‘यो विषयमा मलाई जानकारी दिएन ।
ध्यान नपुर्याई फोटोसुट गर्दा गल्ति भयो । यति धेरै विवाद आउला भन्ने पनि लागेको थिएन,’ उनले भनिन् ।
रिलिजको तयारीमा रहेको फिल्म बिन्दास-३ का लागि सुभेच्छाले आपत्तिजनक फोटोसुट गराएकी थिइन् । उनले तस्बिरमा गोप्य अंग छोप्नलाई खादाको प्रयोग गरेकी थिइन् ।
1 comments
Write Down Your Responses


23 September 2016 at 19:44
aru latta kapada kinna paisa pugena ? Dhat !