पवित्र खादा दुरुपयोग गरेकोमा माफी मागिन् शुभेच्छाले

खादाको दुरुपयोग गर्दै फोटोसेसन गरेकोमा अभिनेत्री शुभेच्छा थापाले माफी मागेकी छिन् । थापाको फोटोले बौद्ध धर्माबलम्बीको आस्थामा चोट पुर्‍याएको भन्दै तीव्र आलोचना भएपछि उनले अन्जानमा गल्ती भएको बताएकी हुन् । उनले कुनै धर्म वा समुदायलाई अपमान गर्ने मनसाय आफ्नो नरहेको दाबी गरिन् । ‘यो विषयमा मलाई जानकारी दिएन ।

 ध्यान नपुर्‍याई फोटोसुट गर्दा गल्ति भयो । यति धेरै विवाद आउला भन्ने पनि लागेको थिएन,’ उनले भनिन् । रिलिजको तयारीमा रहेको फिल्म बिन्दास-३ का लागि सुभेच्छाले आपत्तिजनक फोटोसुट गराएकी थिइन् । उनले तस्बिरमा गोप्य अंग छोप्नलाई खादाको प्रयोग गरेकी थिइन् ।

1 comments

aru latta kapada kinna paisa pugena ? Dhat !

Write Down Your Responses