जर्मन चान्सरल एन्गेला मर्केल वर्ष व्यक्ति २०१५ घोषित, आईएस प्रमुख बग्दादी भए उपविजेता, मोदी अन्तिम ८ मै परेनन्

जर्मन चान्सरल एन्गेला मर्केल टाइम पत्रिकाको वर्ष व्यक्ति २०१५ घोषित भएकी छन्। ६१ वर्षिया मर्केल जर्मनीकी पहिलो महिला चान्सलर हुन् । चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) का प्रमुख अबु कबर अल बग्दादी उपविजेता बनेका छन् । अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार बन्ने दौडमा रहेका डोनाल्ड ट्रम्प तेस्रो भएका छन् ।


 वर्ष व्यक्ति छनोटको अन्तिम ८ को सुचीमा मार्केलसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकी राष्ट्रपति उम्मेदवारको दौडमा रहेका डोनाल्ड ट्रम्प, फेसबुकका मालिक मार्क जुकरबर्ग, अमेरिकी रास्ट्रपति बाराक ओबामा, रसियन रास्ट्रपति भलादमिर पुटिन, फ्रान्सका रास्ट्रपति फ्रास्वा होल्लंद, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, आइएसका प्रमुख अबु अल बग्दादीलगायत थिए। तर मोदी टाइम पत्रिकाको वर्ष व्यक्तिमा छनौट हुन असफल भएका छन् । विभिन्न कारणले बढेको उनको अलोकप्रीयताका नरेन्द्र मोदी अन्तिम ८ मा नै परेनन् ।

0 comments

Write Down Your Responses