चुलो बाल्न इन्धन छैन, खाना पकाउन पानी छैन तर, शीर्ष नेतालाई साइकल बाँडेर रमाउँदै सरकार

नाकाबन्दीको सय दिन पार हुँदा पनि विकल्प दिन नसकेको सरकारका जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले भने प्रमुख दलका शीर्ष नेतालाई साइकल वितरण गर्न थालेका छन् । उनले मन्त्रालयबाट साइकल किन्न लगाई शीर्ष नेताहरूलाई उपहार दिएका छन् ।

 उनले मंगलबार प्रधानमन्त्री केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डलाई तथा बुधबार कांग्रेस सभापति सुशील कोइरालालाई साइकल उपहार दिएर एकछिन चढ्न पनि लगाए । तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

0 comments

Write Down Your Responses