पेट्रोल पम्पमा रिमोट प्रकरणः सहसचिव एवं नापतौल विभागका पूर्वप्रमुख पक्राउ

पेट्रोल पम्पहरुमा रिमोट चलाएर ठगी गर्ने चिप्स जोड्न मिलोमतो गरेको आरोपमा नेपाल सरकारका सहसचिव एवं गुणस्तर तथा नापतौल विभागका प्रमुख प्रमुख रामआधार साह पक्राउ गरेका छन् । उनी वातावरण मन्त्रालयका सहसचिव हुन् । नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको छ ।  साह चार वर्ष अघि विभागको क्षेत्रीय निर्देशक हुँदा नै पेट्रोल पम्पहरुमा डिजिटल प्रविधि सुरु भएको थियो । साहको मिलेमतोमा रिमोट चलाएर ठगी गर्ने चिप्स जडान सुरु भयो ।

 यसका लागि भारतीय समूह संलग्न भएको पाइएको छ । भारतीय गिरोहलाई पक्राउ परेका छन् भने हालै मात्र अपराध महाशाखाले राजधानीका १७ पेट्रोल पम्पमा छापा मारेर त्यस्ता चिप्सहरु बरामद गरेको थियो । पक्राउ परेकाहरुको बयानकै आधारमा अपराध महाशाखाले आयल निगम थानकोट डिपो प्रमुख रविन शर्मालाई पक्राउ गरेको छ । लगतै प्रहरीको टोलीले साहलाई पक्राउ गरेको छ । स्रोतका अनुसार साहले पम्पहरुमा ठगी गर्ने चिप्स जडान गरेर मासिक असुली गर्ने गरेका थिए । उनले पहुँच हेरेर १२ देखि २५ हजार रुपैयाँसम्म लिने गरेका थिए । पैसा लिएपछि विभागको अनुगमनका क्रममा कारबाहीबाट जोगाउने र नमान्नेलाई अनुगमनका नाममा फसाउने गरेको आरोप छ ।

0 comments

Write Down Your Responses