कांग्रेसले अवरोध गरेपछि संसद बैठक स्थगि
मंसिर २४, २०७२- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध पुर्याएपछि बिहीबार अवेर गरी बसेको व्यवस्थापिका संसद बैठक २० मिनेटमै स्थगित भएको छ । आजको बैठकमा भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निमाण सम्बन्धी विधेयक प्रस्तुत हुने कार्यसूची थियो । लगातार संसद अवरुद्ध बनाउँदै आएको मधेसी मोर्चा पुनर्निर्माण विधेयक अगाडि बढाउन संसदमा अवरोध नपुर्याउने सहमति जनाएको थियो ।
तर, कांग्रेसले संविधान संशोधन विधेयकपनि सँगै लग्नुपर्ने र मोर्चाले उक्त विधेयकका लागि सहयोग गर्न नसक्ने अडान लिएपछि ५ बजे बोलाइएको बैठक साढे ७ मा बसेको हो ।
संसदको कार्यसूचीमा पुनर्निर्माण सम्बन्धी विधेयक मात्र राखिएपछि कांग्रेसले बैठक प्रारम्भ हुनासाथ आपत्ति जनाएको हो । आफ्ना स्थानमा उभिएर कांग्रेस सभासदहरुले बिरोध गरेपछि २० मिनेटमै सभामुख ओनसरी घर्ति मगरले बैठक स्थगित गरेकी हुन् । संसदको अर्को बैठक भोलि-शुक्रबार) ३ बजे बोलाइएको छ ।
कांग्रेसको नियमापत्ति
व्यवस्थापिका संसदको बैठक साँझ साढे ७ बजे बसेको छ ।
५ बजे बोलाइएको बैठक अढाई घण्टा ढिलो सुरु भएको हो । बैठक प्रारम्भ हुनसाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नियमापत्ति गरेको छ । बैठको प्रारम्भमै बोल्दै कांग्रेस सांसद रमेश लेखकले संविधान संशोधन विधेयक पेस नगरेकोमा आपत्ति जनाएका हुन् । उनले सरकारले पुनर्निर्माण विधेयक मात्र ल्याएर सरकारले गम्भीर लापरवाही गरेको आरोप लगाएका छन् ।


0 comments
Write Down Your Responses