सेयर बजार अरु घटाउन बहाना बन्यो बाफियाको १० बर्षे प्राबधान, तर आत्तिनु पर्ने हैन

सेयर बजार लगातार घटेर लगानीकर्ताहरु आत्तिईरहेको बेला संसदको अर्थ समितिले पारित गरेर संसदमा पठाएको बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) १० बर्षे प्राबधान मंगलबार बजार अरु घटाउने बहाना बनाईयो । बाफियाको संशोधन बिधयेकमा बैंक तथा बित्तीय संस्थाहरुको संस्थापक सेयर स्थापनाको १० बर्षपछि साधारण बनाउन सकिने कुरालाई बेग्लै ढंगले प्रचारबाजीमा ल्याएर बजार अरु घटाउन खोजिएको हो तर त्यो प्राबधानले सर्वसाधारण लगानीकर्ताहरु त्रसित हुनुपर्ने गत सातादेखि तिब्र गतिमा ओरालो लागेको सेयरबजार सोमबार केही थामिए पनि मंगलबार पुन ओरालो लागेको हो ।

 अघिल्लो दिनको बजारमा सुधारको संकेतहरु देखापरे पनि मंगलबारको बजारले सुधारको क्रमलाई भंग गर्दा नेप्से दोहोरो अंकले झरेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ । बजार खुलेको पहिलो आधा घण्टामा पहिरो चलेपनि त्यसपछि केही सम्हालिन खोजेको थियो । तर अन्त्यमा अघिल्लो दिनको भन्दा २३ अंक तल झरेर बजार बन्द भयो । मंगलबार नेप्से २३.८२ अंकले झरेर १५८२.४७ विन्दुमा पुगेको छ । कारोबारमा आएका सबै समूह राताम्मे भएपछि बजारमा उच्च गिरावट आएको हो । १३१ कम्पनीको सेयर किनबेच भएको बजारमा करिब ८३ करोड बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा दश करोड रुपैयाँ कम हो ।

सेयर बजारमा तिब्र गिरावट भइरहदा समग्र पूँजीकरण घटेर १७ खर्ब ६० अर्बमा आइपुगेको छ । बजार उच्च विन्दुमा रहदा बजारपूँजीकरण २० खर्बमंगलबार पनि एभरेष्ट बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । यसदिन एभरेष्ट बैंकको ९ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसपछि उच्च कारोबार हुने नेशनल लाइफको ६ करोड ४७ लाख बराबरको खरिदबिक्री हुदा शिखर इन्स्योरेन्स र बिओकेलले पनि पौने चार करोड बराबरको कारोबार गरेका छन् । अघिल्लो दिन जस्तै मंगलबार पनि सृजना फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य दश प्रतिशतले बढेको छ । यता रिलायबल माइक्रोफाइनान्सका लगानीकर्ताले दश प्रतिशतले गुमाएका छन् । नेपाल ग्रामिण विकास बैंक,लक्ष्मी लघुवित्त, मिशन डेभलपेमन्ट लगायतका कम्पनीले पनि दश प्रतिशतकै हाराहारीमा गुमाएका छन् । भन्दा माथि रहेको थियो । कुनै कारण नभएको जानकारहरु बताउँछन् ।

0 comments

Write Down Your Responses