सिंहदरबारमा ‘पावर ब्रोकर’ को भीड, मन्त्री र सेवाग्राही मर्कामा

१४ भदौ, काठमाडौं । सामान्य प्रशासनमन्त्री केशवकुमार बूढाथोकीले पद बहाली गरेकै दिन मन्त्रीका अगाडि नदेखिन सबैलाई कडा निर्देशन दिएका थिए । तर, उनै मन्त्रीले व्यवस्थापन गर्नुपर्ने सिंहदरबारभित्रको कर्मचारी प्रशासन संयन्त्र भने यतिबेला भद्रगोल बनेको छ । मन्त्री बूढाथोकीको निर्देशनलाई गिज्याउँदै सामान्य प्रशासन मन्त्रालयमै दिनमा अढाइ सयसम्म मानिसहरुको भीड लाग्ने गरेको छ । अन्य मन्त्रालयहरुको त कुरै नगरे हुन्छ । सिंहदरबार छिर्ने गेट र परिसरभित्रका खाली ठाउँहरु दलका कार्यकर्ताले गर्दा हाट बजारजस्तै बन्न पुगेको छ । सर्वसाधारण जनताका लागि परिचयपत्र नदेखाई सिंहदरबार छिर्न अनुमति छैन । प्रायः सबै मन्त्रालयहरु एउटै कम्पाण्डभित्र रहेको सिंहदरबार परिसर सेवामूलक सरकारीस्थल नभएर नीति निर्माण गर्ने थलो हो । तर, कांग्रेस र माओवादीको सरकार बनेसँगै सिंहदरबारभित्रका मन्त्रालयहरुमा सेवामूलक मालपोत कार्यालयमा जस्तै भीड लाग्न थालेनयाँ मन्त्रीलाई भेट्न, बधाइ दिन वा फोटो खिच्न मानिसहरुको भीड लाग्ने गरेको हो ।

साथै आफ्नो प्रपोजल वा प्रोजेक्टमा पैसा पारिदिन, गाउँको विकासमा बजेट व्यवस्था गरिदिनदेखि कर्मचारी सरुवासम्मको माग लिएर मानिसहरु मन्त्रालय छिर्ने गरेका छन् । यसरी मन्त्रीका वरिपरि घेराबन्दी गर्नेहरुमा ‘पावर ब्रोकर’ हरु बढी सक्रिय बनेको मन्त्रीहरुसमेत बताउँछन् । सूचना तथा सञ्चारमन्त्री राम कार्कीले अनलाइनखबरसँगको कुराकानीमा भने- ‘सिंहदरबारभित्र दुई हजारजति होलटाइमरहरु रहेछन्, उनीहरुको धन्दा नै जुन दलको मन्त्री आए पनि दाइ नमस्कार भन्दै मन्त्रालयका काममा चियोचर्चो गर्ने अनि बिरामी वा असहायलाई बोकेर आर्थिक सहयोग माग्ने र कमिसन खाने हुँदोरहेछ ।’ पहिलोचोटि मन्त्री बनेका कार्कीले भने- ‘यो भीडभाडका कारण मन्त्रीलाई सोच्ने फुर्सद नै हुँदोरहेन छ ।यसअघि सिंहदरबारमा दुई बजेपछि मात्रै मन्त्रीसँग भेटघाटको समय मिलाइने गरेकोमा अहिले कार्यालय लाग्ने समयदेखि नै भीड लाग्न थालेको छ ।

 काठमाडौंका मात्रै नभई विभिन्न जिल्लाबाट आएका कार्यकर्ताले मन्त्रीहरुलाई घेरा हाल्ने गरेका छन् । मन्त्री कार्की भन्छन्- ‘सिंहदरबारमा मान्छे छिराउनेबारे सुरक्षा निकायले पनि विचार गरिदिनुपर्‍यो । एउटा मान्छेले कतिजनालाई चिट काटेर बोलाउन पाउने भन्ने पनि तकृषि राज्यमन्त्री राधिका तामाङ पनि आफूहरुलाई नसोधिकन मानिसहरु फुत्त आइदिँदा भीड लाग्ने गरेको बताउँछिन् । कांग्रेसको ‘कल्चर’ नै भीडभाड गर्नेय हुनुपर्छ ।कांग्रेसको ‘कल्चर’ नै भीडभाड गर्ने नेपाली कांग्रेसका नेताको घरमा बिहान-बिहान सधैं भीड लाग्ने गर्छ । कार्यकर्ता र नेताहरु विना काम एकाबिहानै नेताको पटाङ्गनिीमा भीड लाग्छन् र ‘दाइ जय नेपाल’ भन्दै अबेरसम्म गफ चुटेर बस्छन् । प्रकाशशरण महत परारष्ट्र मन्त्री बनेपछि दाइ जयनेपाल भन्नेहरुको भीड परराष्ट्रमा पनि देखिन थालेको छ ।

 कर्मचारीले गेटमा सोधखोज गर्न छाडेका छन् कांग्रेसको घरमा एकाबिहानै जतिधेरै जुत्ताचप्पल देखिन्छन्, ऊ त्यति नै लोकप्रिय हो भन्ने बुझाइ छ कांग्रेसजनमा । र, नेताका घरमा देखिने यो भीडभाडको संस्कार कांग्रेसका मन्त्रीहरुले सिंहदरबारमा समेत भित्र्याएका छन् । कमल थापा परराष्ट्रमन्त्री हुँदा मन्त्रालयमा भीड गर्न दिँदैनथे । मूलढोकामै मन्त्री थापाले इलेक्ट्रिक गेटमा कडाइ गरेका थिए । अहिले प्रकाशशरण महत परारष्ट्र मन्त्री बनेपछि दाइ जयनेपाल भन्नेहरुको भीड परराष्ट्रमा पनि देखिन थालेको छ । कर्मचारीले गेटमा सोधखोज गर्न छाडेका छन् । कांग्रेसको जस्तै माओवादीको मन्त्रालयमा पनि दाइ अभिवादन भन्दै भीड लाग्नेहरु बढेका छन् । उनीहरुले पनि कांग्रेसकै ‘कल्चर’को सिको गर्न थालेका छन् । नेताको घर वा क्वार्टरमा भीड लाग्ने गणेश प्रवृत्तिले यतिबेला सिंहदरबार आक्रान्त बनेको छ । अनावश्यक मानिसको भीडका कारण कतिपय सेवाग्राही समयमै काम सम्पनन गर्न नपाएर मर्कामा पर्ने गरेका छन् ।

0 comments

Write Down Your Responses