गुल्मीमा बगानै छ एक किलो काठलाई तीन लाख पर्ने बनस्पतिको, तर छैन चर्चा
पाँच बर्ष अगाडि गुल्मीका एक लाहुरेले संसारकै वहुमुल्य वनस्पति अगरउड खेती गरेको समाचार प्रकाशमा आयो, जसले देशभर ठूलो चर्चा पायो । त्यसपछि प्रथम गुल्मी महोत्सवमा प्रर्दशन गरिएको अगरउड र त्यससँग सम्बन्धित खोजमूलक सामग्री अवलोकन गर्न प्रधानमन्त्रीदेखि केन्द्रीयतहका धेरै नेता गुल्मी आए । उनीहरुले ‘अगरउड’ अवलोकन गरेर ती कृषकलाई स्यावासी दिदै राज्यको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।
समाचार आयो । नेता आए, केही दिन हल्लाखल्ला पनि भयो । तर, त्यसपछि गुल्मीका ती कृषकले गरेको अगरउड खेतीको चर्चा न सञ्चार माध्यमले गरे, न ती नेताले आफ्नो प्रतिवद्धता सम्झे । तर, पनि कृषकले कृषकले हरेस खाएनन् ।
बरु उनले खेतीलाई मात्र नभई अन्य वनस्पति सहित एकिकृत कुषि तथा पशुपालन व्यवसायलाई ठुलो उद्योगका रुपमा अगाडी बढाए । यो कथा हो, भार्से –३ गोविन्दथानका ५६ वर्षिय धनबहादुर पुनको ।
नेता आएर भाषण गर्दा पुनले सहयोगको अपेक्षा पनि गरे । सरकारी निकायसँग परामर्श पनि गरे । पाँच बर्षपछि जिल्लाको एक सरकारी निकायले पुनको खेतिमा चासो राख्ये । जिल्ला वन कार्यालय गुल्मीका अधिकारी पुनको यसै साता पुनको अगरउड वगानमा पुग्यो । अगरउड वगान र उनले गरेको कृषि र पशुपालनको अवलोकन गरेपछि चकित परेका जिल्ला वन अधिकृत विशाल घिमिरेले भने, ‘यो त गाउँमा लुकेर रहेको देशकै ठुलो उदीयमान अर्गानिक उद्योग हो, तर पनि ओझेलमा परेको रहेछ ।अगरउडमा कसरी लागे ?
पुन १९९६ को डिसेम्वरमा पेन्सन निस्केका थिए ।
भारतीय सेनामा १७ वर्ष काम गरेर फर्केपछि पुनका भाई रतनले अगरउड बृक्षको महत्व र त्यसको अन्तराष्ट्रिय वजारका वारेमा जानकारी दिए । पुनका भाईलाई विरुवा भियतनामी साथीले दिएका थिए । त्यसपछि यस खेतीलाई पुनले व्यवसायीकरण काम थालेँ ।
उनका अनुसार हाल थाईल्याण्डमा रहेका उनका भाई रतन पुन वषौं देखि चीन अमेरिका युरोप लगायतका मुलुकमा प्रफ्युम व्यापारमा संलग्न छन् । अगरउड खेती नेपालमा वृहत बनाउन र यसको अन्तराष्ट्रिय वजार खोज्नका लागि नेपाल सरकारले उनीसँग परामर्श गरे सजिलो पर्ने दाजु पुनको सुझाव छ ।
किन वहुमुल्य छ त अगरउड ?
विश्वमै लोप हुँदै गएको अगरउडवारे जिल्ला वन अधिकृत घिमिरे भन्छन्, ‘संसारमै सवै भन्दा महँङ्गो वनस्पति हो । विरुवा हुर्केको १५ वर्ष पछि त्यसको रुखमा एक प्रकारको ढुँसी पलाउछ । त्यसको ढुसी सुधन्तित हुन्छ त्यसबाट उच्च सुधन्दीत अगरवत्ति बन्छ । त्यसको काठबाट उच्च व्राण्डका प्रफ्युमहरु बन्छन् । त्यसका अलवा विकासित मुलकका उच्च घरानमा धार्मिक तथा सांस्कृतिक रुपले पनि अगरउठले ठुलो महत्व राख्छ ।’
उनका अनुसार अन्तराष्ट्रिय बजारमा अगरउड एक किलो काठको मात्रै ३ लाख रुपैयाँमा विक्रि हुने गर्दछ । त्यस काठबाट पेलिएको तेलको मुल्य प्रति किलो २० लाख रुपैयाँ पर्दछ । वहुमुल्य भएको तर लोप हुँदै गएकोले अगरउड खेतीको उद्गम थलो मानिने भियतानमले त्यसलाई अन्तराष्ट्रिय बजारमा विक्रि वितरण गर्न प्रतिवन्ध लगाई सकेको छ ।
अगरउड खेती मलेशिया, भारत, बंगलादेश, लाओस, वहराईन् जस्ता दक्षिण एशियाली मुलुकका नागरिकहरुले व्यवसायीक रुपमा गर्ने र यसको वजार अत्तर उत्पादनका लागि प्रशिद्ध मुलुक फ्रान्स, साउदी अरव, दुवई र युरोप अमेरिका लगायतका मुलुकहरु रहेको वन अधिकृत घिमेरेले बताए ।
1 comments
Write Down Your Responses


13 April 2016 at 09:37
Namaskar,
Ma Hari Limbu.ma tapaiharuko Agarauda ko barema akarshita bhaye tyasaile ma kasari yo biruwa paun sakchhu n kasari tapai haru samu pugaran sakachhu hola please salaha dinu hola nero email address hp.rishav@gmail.com ho