पशुपति आर्यघाट बढार्दै बाबुराम (फोटो फिचर)

६ चैत, काठमाडौं । नयाँशक्ति नेपालको आयोजनामा शनिबारदेखि काठमाडौंमा सरसफाइ अभियान सुरु भएको छ ।

 डा. बाबुराम भट्टराईको नेतृत्वमा शनिबार बिहान पशुपतिको आर्यघाटदेखि सरसफाइ अभियान सुरु भएको हो । शनिबार बिहानै पशुपति परिसरमा बाबुरामको नेतृत्वमा नयाँ शक्तिका अभियन्ताहरु रातो टोपी लगाएर भेला भएका थिए ।

 पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले फोहोर उठाउनुका साथै पशुपति परिसरमा झाडूसमेत लगाए । सरसफाइ अभियानमा अभिनेतृ करिश्मा मानान्धर र अभिनेता सरोज खनाल लगायतको सहभागिता थियो । नयाँ शक्ति नेपालले शनिबारदेखि उपत्यका केन्द्रित ‘क्लिन काठमाडौं, ग्रिन काठमाडौं’ अभियान सुरु गरेको छ । यो अभियान उपत्यकामा चैत २४ गतेसम्म चल्ने बताइएको छ ।

 यस क्रममा विश्व सम्पदा सूचीमा सूचीकृत भएका सबै स्थानमा सरसफाइ गरिने नयाँ शक्ति नेपालले जनाएको छ ।

0 comments

Write Down Your Responses