कहिले प्रकाश दाहाललाई पैसा, कहिले नातिनीलाई चीन भ्रमण

गृहमन्त्री बस्नेतमा लिनप्याओवादी प्रवृत्ति देखिएको स्थायी समिति सदस्य गोपाल किरातीले बैठकमा आरोप लगाए । लिनप्याओ चिनियाँ नेता माओत्सेतुङका उत्तराधिकारी थिए, जसले माओलाई मारेर आफू पार्टी अध्यक्ष एवं राष्ट्रपति हुने असफल षड्यन्त्र गरेका थिए । सुरुमा माओको अति गुणगान गरेर विश्वास जित्ने र पार्टी कब्जा गर्ने उनको सोचाइ थियो । पछि उनी विमान दुर्घटनामा परेर मरे । एमाओवादीभित्र बेलाबेला उनै लिनप्याओको नाम लिने गरिन्छ । 

शनिबार बिहान प्रचण्ड निवासमा बोलाइएको स्थायी कमिटी बैठकमा एमाओवादी स्थायी कमिटी सदस्य किरातीले गृहमन्त्री बस्नेतमाथि लक्षित गर्दै भने- ‘बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेलामा प्रचण्डपुत्र प्रकाश दाहाल र विद्यार्थी नेता कृष्ण केसीलाई सगरमाथा चढ्न दुई कुरोड रुपैयाँ निकासा गरेर प्रचण्डको टाउकोमा दुई करोडको घन हान्ने काम गरियो । अहिले फेरि भूकम्प पीडितको कोटामा प्रचण्डकी नातिनीलाई चीन पठाएर नेतृत्वलाई बदनाम गराउने काम भएको छ ।’ मन्त्री बस्नेतको यो कदमलाई किरातीले षड्यन्त्रको संज्ञा दिएका छन् । खरोरुपमा प्रस्तुत हुँदै किरातीले बैठकमा भने ‘बाबुरामका पालामा भएको सगरमाथाकाण्डमा जस्तै प्रचण्डलाई बदनाम गरेर पार्टी आफ्नो कब्जामा लिने लिनप्याओवादी षड्यन्त्र अन्तरगत यो काम भइरहेको छ ।

बैठकमा बोल्दै किरातीले आफ्नी नातिनीको चीन भ्रमणबारे प्रचण्डले थाहा छैन भनेकोप्रति अविश्वास प्रकट गरे । बैठकमा किरातीले भने- ‘बाटामा आउँदा आउँदै एकजना पत्रकारले मलाई फोनमा भने, आफ्नी नातिनीलाई सामान्य ज्वरो आएको त थाहा हुने प्रचण्डलाई नातिनी चीन जानेकुरो कसरी थाहा हुँदैन ?’
किरातीले यस्तो प्रश्न गरेपछि प्रचण्डले आफूलाई शुक्रबार बिहानमात्रै नातिनीको चीन भ्रमणबारे थाहा भएको तर आफूले रोक्ने नसकेको बताएका थिए ।
भूकम्प पीडितको कोटामा यसरी आफन्तलाई पठाउनु गम्भीर कमजोरी भएको प्रचण्डले बैठकमा बताएका थिए
-

0 comments

Write Down Your Responses