प्रदूषणसम्बन्धी एक अध्ययनले विश्वका २०१ सहरको स्थिति सार्वजनिक गर्दै काठमाडौंलाई तेस्रो प्रदूषित सहरको श्रेणीमा राख्यो। के राजधानी संसारकै तेस्रो प्रदूषित सहर हो त?
वातावरणविदहरू यसमा सहमत छैनन्।
स्रोत नखुलाइएको उक्त प्रदूषण ‘रेटिङ’लाई ‘अविश्वसनीय’ भन्दै यस्तो खबरको पछाडि नलाग्न उनीहरूले आग्रह गरेका छन्। तर, त्यो स्तरको नभए पनि राजधानीको हावाको गुणस्तर खस्केकोमा वातावरणविदलाई कुनै दुविधा छैन।
वातावरणविज्ञ डा. भूषण तुलाधरका अनुसार राजधानीको हावामा क्यान्सर रोगसम्म लाग्नसक्ने जीवाणु छ। यहाँ गुड्ने सवारीसाधनले निकाल्ने धुवाँमा क्यान्सर लाग्ने ‘कार्सिनोजेनिक’ कण रहेको उनले बताए। ‘साह्रै मसिना छन् यस्ता कण,’ उनले सेतोपाटीसँग भने, ‘रौंभन्दा मसिनो, सास फेर्दा नाकको रौंले पनि नछेक्ने कीटाणु राजधानीको हावामा छ।’
यही आधारमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दस वर्षअघि नै राजधानीको प्रदूषण स्तरलाई ‘खतरा’ सूचीमा राखेको थियो। डब्लूएचओले तोकेको मापदण्डभन्दा राजधानीको हावाको गुणस्तर त्यतिबेलै दस गुणा बढी प्रदूषित थियो। त्यतिबेलै त्यति प्रदूषित वातावरण अहिले कहाँ पुगेको होला?
नेपाल सरकार, वातावरण मन्त्रालय, वातावरण विभाग कसैलाई यसको जानकारी छैन।
राजधानीको वातावरण स्तरबारे कसैले सोध्यो भने सरकारसँग जवाफ छैन। केही निजी संघ–संस्थाले आफ्नो प्रयोजनका निम्ति राजधानीको वातावरणबारे शोध गर्ने गरेका छन्। नेपाल सरकारले भने करिब आठ वर्षदेखि राजधानीको हावाको गुणस्तर पत्ता लगाउन छाडेको छ।
सन् २००० मा डेनिस सरकारले नेपालमा छवटा ‘वायु गुणस्तर अनुगमन मापन यन्त्र’ अनुदान दिएको थियो। मच्छेगाउँ, पुतलीसडक, कीर्तिपुर, लगनखेल, ठमेल र भक्तपुरमा ती उपकरण जोडिएका थिए। मर्मतसम्भार अभावमा ती यन्त्रले काम गर्न छाडेका छन्। यसले काठमाडौंको वातावरणको वास्तविक स्थिति कसैलाई अत्तोपत्तो छैन।
वातावरण विभागका अनुसार तीमध्ये तीन ठाउँका उपकरणले दुई वर्षअघिसम्म काम गर्दै थिए। पुतलीसडक, मच्छेगाउँ र कीर्तिपुरमा रहेका ती उपकरण सन् २०१४ देखि काम लाग्न छाडेको विभागले जनाएको छ। अरु ठाउँका उपकरण त सन् २००८ देखि नै थन्किसकेका थिए। ‘कीर्तिपुर र मच्छेगाउँमा चाहिँ स्ट्यान्डर्डभित्रै आउँथ्यो हावाको गुणस्तर,’ विभागका निमिक्त महानिर्देशक सुरेन्द्र सुवेदीले भने, ‘पुतलीसडकमा सधैं गुणस्तर खराब देखिन्थ्यो।’ त्यतिबेलाको हावाको गुणस्तरको ‘लेभल’ भने विभागसँग छैन।
महानिर्देशक सुवेदीका अनुसार बढी खर्च लाग्ने र ती उपकरणका सामान उत्पादन गर्ने कम्पनी बन्द भएकाले मर्मत हुन नसकेको हो। ‘ती मेसिन आफैंमा पुराना थिए,’ उनले भने, ‘पार्टपूर्जा नपाइएपछि बन्द भए।’
अब भने विभागले चारवटा उपकरण ल्याउने तयारी गरेको छ। यसका लागि भौतिक योजना मन्त्रालयले स्वीकृति दिइसकेको छ। काठमाडौं सस्टेनेबल ट्रान्सपोर्ट मेनेजमेन्टले खरिद स्वीकृति पाइसकेको छ। ‘वास्तवमा हामी आफैंलाई अप्ठ्यारो भइरहेको छ वातवारणको गुणस्तर के छ अहिले अफिसियल भन्न सकिएन,’ निमिक्त महानिर्देशक सुवेदीले भने।
वातावरण विज्ञका अनुसार राजधानीको वातावरणको असर भने तीव्र छ। बालबालिका र वृद्धवृद्धालाईसबैभन्दा बढी असर पारिरहेको छ। काठमाडौंको वातावरणका कारण रुघाखोकी र ज्वरोको प्रकोप उमेरअनुसार जतिबेलै देखिने गरेको छ।
राजधानीको प्रदूषित हावाबाट बढीभन्दा बढी उत्पन्न हुने श्वासप्रश्वास रोग हो। धूमपान नगर्ने मान्छेलाई पनि दम लगाउने प्रदूषित हावा यहाँको वायुमण्डलमा छ। ‘प्रदूषण हुने क्षेत्रमा बसेको मान्छे छ भने उसले चुरोट खाइराख्नु पर्दैन, यहाँको हावाले दम गराइदिन सक्छ,’ फिजिसियन डा. निरोज भट्टराई भन्छन्, ‘त्यसबाहेक रुघाखोकी, आँखामा असर गर्ने, ज्वरो आउने त छँदैछ।’
डा. तोरण शर्माका अनुसार अहिलेको हावाले मुटुरोग र फोक्सोका रोगीलाई समस्या पार्ने गरेको छ। ‘हार्टअट्याकसम्म पनि हुने सम्भावना छ,’ शर्मा भन्छन्।
उनका अनुसार काठमाडौंको स्वास्थ्य अवस्था कस्तो छ र के नीति निर्माण गर्नुपर्ने हो सरकारी निकायलाई मतलब छैन। कुनै पनि उद्योग नभएको काठमाडौंमा यतिधेरै वातावरण बिग्रिनु सवारीसाधन, फोहोरमैला र बाटोघाटोले हो। ‘सबै निकायले नियम बनाएर गए के ले रोकेको छ काठमाडौंको वातावरण प्रदूषण घटाउन,’ शर्माले भने। बिग्रेको कच्ची बाटो समयमा मर्मत नगरिएकाले पनि प्रदूषण बढेको शर्मा बताउँछन्।
राजधानीको हावाको गुणस्तर के हो?
सन् २००७ को तथ्यांक हेर्ने हो भने काठमाडौंको धेरै ट्राफिक हुने ठाउँ पुतलीसडकमा वर्षभरिको औसत ‘पिएमटेन’ (१० माइक्रोनभन्दा साना कणको मात्रा) २३६.५ माइक्रोग्राम प्रतिघनमिटर थियो । यसैगरी, ठमेलको आवासीय क्षेत्रमा ११२.५ माइक्रोग्राम प्रतिघनमिटर र सहरभन्दा अलि पर मच्छेगाउँमा ४३.५ माइक्रोग्राम प्रतिघनमिटर थियो। काठमाडौंका छ ठाउँको वर्षभरिको औसत पिएमटेन ११८ माइक्रोग्राम प्रतिघनमिटर थियो । पिएमटेनको लागि विश्व स्वास्थ्य संघको मापदण्डअनुसार २० माइक्रोग्राम प्रतिघनमिटर मात्र हो भने नेपालको मापदण्ड १२० माइक्रोग्राम प्रतिघनमिटर हो ।
डा. तुलाधरका अनुसार गत वर्ष, जर्मनीको आइएएसएस संस्थाले काठमाडौँको हावामा ‘पिएएच’ नामक हानिकारक रसायनको मात्रा नापेको थियो । पिएएच स्वास्थ्यका लागि एकदमै हानिकारक हुने गर्छ र यसले क्यान्सरसमेत निम्त्याउन सक्छ ।
त्यो अध्ययनअनुसार काठमाडौंमा पिएएचको मात्रा दिल्ली, बेइजिङजस्ता सहरजत्तिकै छ। यसमा हानिकारक तत्वको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा दुईदेखि ८० गुणा बढी पाइएको थियो ।
विश्व स्वास्थ्य संगठनले सन् २०१४ मा संसारका ९१ देशका करिब १६०० विभिन्न सहरमा वायु प्रदूषणको मात्राको तथ्यांक प्रकाशन गरेको थियो। यी तथ्यांकको आधारमा सबैभन्दा बढी वायु प्रदूषण भएको सहर दिल्ली देखिन्छ।
यसको तुलनामा काठमाडौंमा वायु प्रदूषणको मात्रा दिल्लीको भन्दा आधा कम थियो।
यसैगरी अमेरिकाको येल विश्वविद्यालयले हरेक दुई वर्षमा विश्वका विभिन्न देशमा वातावरण अवस्थाको तुलनात्मक अध्ययन प्रकाशन गर्ने गरेको छ। सन् २०१६ को अध्ययनमा १८० देशले मानव स्वास्थ्यको रक्षा र प्राकृतिक प्रणालीको संरक्षण कसरी गरिरहेको छ त्यसको तुलना गरेको छ। यो सूचीमा नेपाल १४९ नम्बरमा छ। दक्षिण एसियाका अरू देशसँग तुलना गर्ने हो भने सबैभन्दामाथि १०८ नम्बरमा श्रीलंका छ। त्यसपछि ११० मा भुटान, १३७ मा माल्दिभ्स, १४१ मा भारत र १४४ मा पाकिस्तान छ। नेपालभन्दा तल १७३ मा बंगलादेश र १७६ मा अफगानिस्तान परेको छ ।
नेपालको स्कोर कम हुनुको प्रमुख कारण पनि वायु प्रदूषण नै हो। वायु प्रदूषणको स्कोर मात्र हेर्ने हो भने नेपाल १८० देशमध्ये १७७ औं नम्बरमा छ। नेपालभन्दा तल भारत, चीन र बंगलादेश छन्। वायु प्रदूषण क्षेत्रमा नेपालको अत्यन्तै कम स्कोर आउनुको कारण घरभित्रको वायु प्रदूषण र सहरी क्षेत्रमा हुने बाहिरको वायु प्रदुषण दुवै हो।
बच्चा जन्मिकेपछि हृष्टपुष्ट हुने र सुन्दर बन्दै जानुपर्ने हो, तर सोलुखुम्बुमा यस्तो अनौठो प्रकृतिको बालक जन्मिएका छन्, जो दुई महिनाकै उमेरमा वृद्धजस्तै देखिन थालेका छन् । सोलुखुम्बु गुदेल–८ की समिता राईको पहिलो सन्तानमा यस्तो समस्या आएको हो । अहिले बालक जन्मेको दुई महिना पुगेको छ तर जन्मँदाभन्दा तीन सय ग्राम तौल घटेको छ ।
शरीर चाउरी परेर बुढ्यौली लागेजस्तै देखिएको छ । आमाको दूध कम आउने भएकाले जन्मेको १२/१३ दिनदेखि गाईको दूध खुवाउन सुरु गरेको आमा समिताले बताइन् । ‘दूध खान छोडेपछि गाईको दूध खुवायौँ,’ गुदेल स्वास्थ्य चौकीमा उपचार गर्न पुगेकी समिताले भनिन्, ‘घरमै धामीझाँक्री गर्दागर्दै पछि बच्चा चाउरिएर बुढोजस्तो भयो, अब के गर्ने होला ?
काठमाडौं– नेकपा माओवादीका महासचिव विप्लवले संविधान निर्माणमा देखिएको आन्तरिक अन्तरविरोधको नाजायज फाइदा उठाएर भारतले अघोषित नाकाबन्दी गरेको भन्दै मधेसीको अधिकारको लागि भएको आन्दोलनमा समेत भारतीय सहयोग रहेको वीरगञ्ज घटनाले पुष्टि भएको बताएका छन् । biplab
उनले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनहरुमा भारतले अनावश्यक सरोकार राखेको कुरा सोमबार बीरगञ्जमा घटेको घटनाले पुष्टि गरेको बताएका हुन् । मंगलबार वीरगञ्जमा भएको प्रदर्शनमा एक भारतीय आन्दोलनकारीको मृत्यु भएको थियो ।
विप्लवले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘ आन्दोलनहरुबाट नाजायज फाइदा उठाएर अहिले भारतले अघोषित नाकाबन्दी गरिरहेको छ । यति मात्र नभएर यी आन्दोलनहरुमा भारतले अनावश्यक सरोकार राखेकोकुरा कार्तिक १६ गते बीरगञ्जमा घटेको घटनाले पुष्टि गरेको छ । संविधान निर्माणमा देखिएको आन्तरिक अन्तरविरोधको नाजायज फाइदा उठाएर भारतले लगाएको नाकाबन्दीले अहिले सिंगो नेपाल आक्रान्त बन्न पुगेको छ ।’
विप्लवले नेपालमा नाकाबन्दी गरेर भारतले राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथि हस्तक्षेप गरेको भन्दै हस्तक्षेपको मात्रालाई झनै बढाउने दाउपेच गरिरहेको बताएका छन् ।
नाकाबन्दी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन सम्मत नरहेको भन्दै बरु नाकाबन्दी भुपरिवेष्ठित देशको विशेषअधिकार, राष्ट्रसंघीय सम्मेलनबाट पारित कानुन, विश्व व्यापार संगठन कानुन, नाकाबन्दीपछि भएको पारवहन सन्धि, नेपाल–भारत दुई पक्षीय व्यापार सन्धि, एसियाली महादेशको कानुन, सार्कको सदस्यताको हैसियत र स्वतन्त्र बजारको सुनिश्चितता गर्ने बिमस्टेक कानुन विपरित रहेको उनले उल्लेख गरेका छन् ।
भारतको नाकाबन्दीपछि देश र जनताको जनजीवन असाध्यै कष्टकर बनेको अवस्थामा पनि सरकारले समस्या समाधानको लागि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै उनले आलोचना समेत गरेका छन् ।
विप्लवले भनेका छन्, ‘देशका जनता यो नाकाबन्दीले भएको अभाव र त्यसले पारेको प्रताडन र राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन मिचाईप्रति यहाँका शासकहरुले कुनै प्रतिक्रिया जनाएका छैनन् । अहिले भारतले लगाएको नाकाबन्दीबाट पैदा भएको यो संकटपूर्ण घडिको मोचनको कुनै विकल्प पनि खोजेको छैन । विकल्प खोजेपनि झारा टार्ने काम मात्र गरेको छ । ’
भारतसँग भएका सबै असमान सन्धी सम्झौतालाई खारेल गर्नुपर्नेमा जोड दिँदै उनले अगाडी भनेका छन्, ‘ भारतसँगको खुला सीमामा नियमन गर्न, प्रवेश अनुमति पत्र लागु गर्न, न्युनतम पनि अनुमति पत्रको व्यवस्था गर्न, श्रम इजाजत पत्र लागु गर्न र सीमा क्षेत्रमा सुरक्षा बल परिचालन गर्न पार्टी माग गर्दछ ।’
विप्लवले सरकार निर्माण र तराई मधेशमा चलेको आन्दोलन कुत्सित भावनाबाट प्रेरित भई नाकाबन्दी लगाउने, नेपालको राष्ट्रिय स्वाधीनतामा खलल पु¥याउने भारतको सबै देशभक्त शक्तिले एक भएर प्रतिरोध गर्न समेत आह्वान गरेका छन् ।
उनले तिहारपछि पार्टीले भारतीय हस्तक्षेपका विरुद्ध सशक्त राष्ट्रिय मुक्ति आन्दोलन गर्ने जानकारी समेत दिँदै मधेसी जनताको मुक्तिका लागि भइरहेको आन्दोलनमा समर्थन रहेको बताएका छन् ।


